२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

भ्रमण वर्षलक्षित पाँचखाल महोत्सव

२०७६, २६ आश्विन आईतवार ०३:४८

असोज २६, काभ्रेपलाञ्चोक | फुटबल क्षेत्रमा सक्रिय पाँचखाल युनाइटेड फुटबल एशोसिएसन (पुफा)ले आउँदो ‘भ्रमण वर्ष–२०२०’ लक्षित पाँचखाल महोत्सव आयोजना गरेको छ । पुफाले भ्रमण वर्षलक्षित गर्दै दोस्रोपटक यही असोज २९ गतेदेखि कात्तिक ९ गतेसम्म महोत्सव आयोजना गरेको हो । 

पाँचखाल क्षेत्रमा उत्पादित कृषि उपज, स्थानीय पर्यटन तथा विविध सांस्कृतिक मौलिकतालाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पुफाका सचिव एवं महोत्सव संयोजक जीवन नेपालले जानकारी दिनुभयो । “हामीले भ्रमण वर्षलक्षित महोत्सव आयोजना गरेका छौँ, महोत्सवले पाँचखालका उत्पादन तथा सांस्कृतिक एवं पर्यटन, दृश्यावलोकन स्तम्भलगायत स्थलको प्रचारप्रसार गर्नेछौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार महोत्सवले पाँचखालमा पर्यटक भित्र्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

महोत्सवमा पाँचखाल क्षेत्रमा बसोबास गर्ने दनुवार तथा तामाङ समुदायको वेषभूषा, कला संस्कृतिलाई विशेष महत्व दिइने योजना बनाइएको छ । महोत्सवमा एक सय स्टल रहने र करीब एक लाखभन्दा बढीले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको पुफा अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै, पर्यटकीय स्थान नगरकोटस्थित बृहत् पर्यटन सहकारी संस्थाले आउँदो ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत विदेशी पाहुनाका लागि नगरकोटका १० घरमा होमस्टे (घरबास) व्यवस्थापन गरेको छ भने विदेशी पाहुनाका लागि पर्यटन सूचना केन्द्र स्थापना गर्ने, सहकारीमार्फत नगरकोटमा स्वदेशी–विदेशी पाहुनाका लागि स्वच्छ वातावरण, स्वस्थ खाना, सहज एवं रमणीय बसाइँको व्यवस्थापन तथा होमस्टेको सङ्ख्या बढाउँदै लगिने, स्थानीय सक्षम युवा छनोट गरी ‘गाइड’ सम्बन्धी तालीम दिइने, पर्यटकीय एकीकृत बस्ती निर्माणको कार्ययोजना बनाउन सम्भाव्यता अध्ययन थालिने, नगरकोटका होटलमा जैविक तरकारी प्रयोग गराउन हाललाई उपलब्ध गराउने र त्यससम्बन्धी खेती शुरु गर्ने योजना बनाएको छ । 

यसअघि काभ्रेपलाञ्चोकमा पर्यटन प्रवद्र्धनार्थ भ्रमण वर्षलक्षित पूर्वतयारीअन्तर्गत तेमाल हाइकिङ, नमोबुद्ध हाइकिङ शुरु गरिएको छ । साथै, सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको विष्णु दल गणले भ्रमण वर्षलक्षित नेपाल एकीकरणका दौरान जिल्लामा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘युनिफिकेशन टे«किङ टे«ेल’का रुपमा विकसित गर्ने योजना अघि सारेको छ ।

मन्त्री दुलालद्वारा खेलमैदान उद्घाटन

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको गत आर्थिक वर्षको ५० लाख बजेटबाट काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ मा नवनिर्मित खेलमैदानको उद्घाटन गर्नुभएको छ । 

साथै उहाँले उक्त खेलमैदानमै चाडपर्वको अवसरमा कामीडाँडा रूपान्तरण तथा संरक्षण विकास केन्द्रद्वारा आयोजित खुला नकआउट फुटबल प्रतियोगिताको समेत उद्घाटन गर्नुभयो । 

सो अवसरमा उहाँले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले विकासको क्षेत्रमा क्रान्ति नै ल्याउने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “न्यायको क्रान्ति सकियो, अब विकास निर्माणको क्रान्ति गर्ने हो, गरिरहेका छौँ ।” उहाँले विकास निर्माणको क्रान्तिमा सबै पक्ष एकजुट हुन आग्रह पनि गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते