२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाललाई दक्ष कामदार विदेश पठाउने मुलुकका रुपमा विश्वमा चिनाउनेछु : कुमार पन्त

२०७६, १ कार्तिक शुक्रबार ०९:५७

कात्तिक १, काठमाडौं । गैरआवसीय नेपाली संघका नव निर्वाचित अध्यक्ष कुमार पन्तले नेपाललाई विश्व श्रम बजारमा दक्ष कामदार पठाउने मुलुकका रुपमा चिनाउने उद्घोष गरेका छन् । संघको अध्यक्षमा निर्वाचित भएसंगै पत्रकारहरुसंग कुरा गर्दै उनले नेपाललाई अदक्ष कामदार विदेश पठाउने सूचीबाट हटाउन एनआरएनको नयाँ नेतृत्वले काम शुरु गर्ने बताए ।


अहिले नेपाल अदक्ष कामदार विदेश पठाउने देशको रुपमा चिनिएको छ, पन्तले भने 'नेपाल सरकार र प्रदेश सरकारसंग मिलेर कामदारलाई तालिम उपलब्ध गराई दक्ष बनाएर मात्र विदेश पठाउन सरकारलाई सहयोग गर्छौं ।' श्रमिक कल्याणकारी कोषलाई तेब्बर बनाउने घोषणा कार्यान्वयनमा लैजाने उनले बताए ।

संघको निर्वाचनमा एक पक्षको मात्र जित भएको छैन, उनले भने 'सिंगो एनआरएनको जित भएको हो, अब सबै पक्षलाई मिलाएर चुनावी घोषणापत्र अनुरुपका काम तत्काल शुरु गर्छौं ।

एनआरएनएको नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन भएको हो ।  अध्यक्षमा कुमार पन्तले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक हजार ७० मत ल्याएका छन् ।

एनआरएनए मतपरिणाम: नयाँ कार्यसमितिमा कोको भए निर्वाचित, कति पाए मत ?





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा