२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल शिला शालिग्राम जीर्ण बन्दै

६ कार्तिक २०७६, बुधबार ०३:३१

कात्तिक ६, गुल्मी | एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । शिला शालिग्राम तत्कालीन लुम्बिनी, धवलागिरि र गण्डकी अञ्चल तथा हालको प्रदेश नं ४ र ५ को बीचमा रहेको छ । 

शालिग्रामलाई कालीगण्डकी नदीले वर्षेनी कटान गर्दा र शिलाको परिक्रमा गर्न नमिल्ने हुँदा पनि संरक्षणमा कसैले चासो नदेखाएको स्थानीयवासी केशवराज न्यौपानेले गुनासो गर्नुभयो । शिला शालिग्राम विष्णु भगवान्को अवतारका रुपमा रहेको पाइन्छ । 

शालिग्रामभित्र सुन

शिला शालिग्रामको भित्रपट्टि अचम्मको आवाज निस्कने गर्दछ । रातको समयमा प्रत्येक दिन अचम्मको घण्ट बज्ने गरेको कालीगण्डकी गाउँपालिका–२ का चन्द्रकान्त न्यौपानेले बताउनुभयो । उहाँका अनुसार शिलाको भित्र सुनको खानी रहेको किंवदन्ती छ । राजा महेन्द्रका पालामा शिलाभित्र सुन छ भन्ने थाहा पाएपछि त्यसलाई फुटाउन लागेको सन्दर्भमा महेन्द राजाले रोकेको इतिहास छ ।

धार्मिक महत्व

शिला शालिग्राममा गई पूजा गरेमा मनले आँटेका सबै इच्छा पूरा हुने धार्मिक विश्वास छ । त्सयका कारण कात्तिकको एकादशी, मकर सङक्रान्ति, नववर्ष, असारे ठूला एकादशीमा भक्तजनको अत्याधिक चाप हुने गर्दछ । शालिग्रामको अवलोकनका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गर्दछन् ।

स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले शिला शालिग्रामको संरक्षणमा आफूको पनि ध्यान नदिएको स्वीकार गर्नुभयो । उहाँले पर्यटकीयस्थलका रुपमा रहेको शिला शालिग्रामलाई उचित प्रचारप्रसार गरी धार्मिक महत्वका रुपमा विकास गरिने बताउनुभयो । 

त्यस्तै गुल्मीको कालीगण्डकी गाउँपालिकाका प्रमुख वेदबहादुर थापामगरले शिला शालिग्रामको संरक्षणका निम्ति र त्यसलाई पर्यटकीयरूपमा विकास गर्न गाउँपालिकाले उचित निर्णय लिने बताउनुभयो । थापाले शिलासम्म जानका लागि सडक निर्माण, उचित प्रचारप्रसार र धार्मिक एवं पर्यटकीय रूपमा विकास गर्नका लागि संरक्षण समिति निर्माण गरी काम अगाडि बढाइने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान