२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दाङका कुखुरापालक किसानले मूल्य नपाउँदा चल्ला नकिन्ने घोषणा

२०७६, ६ कार्तिक बुधबार ०५:५७

रीता लामा | कात्तिक ६, दाङ | दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

कुखुरा किसानले आफूहरु पटक–पटक अन्यायमा परेको भन्दै आगामी यही कात्तिक १२ गतेदेखि अनिश्चितकालका लागि कुनै पनि किसानले ब्रोइलरको चल्ला माग नगर्ने र कुखुरा नपाल्ने बताएका छन् । कुखुरापालक किसानको सङ्गठन किसान सरोकार मञ्चका अध्यक्ष विष्णुप्रसाद न्यौपानका अनुसार चल्ला र दानाको मूल्य सप्लायर्सहरुले अस्वाभाविकरूपमा बढाए पनि किसानले उत्पादन गरेको कुखुरामा भने अत्यधिक गिरावट आएको बताउनुभयो । 

उहाँले आफूहरुको माग सम्बोधनका लागि दाना र कुखुराको चल्लाको मूल्य घटाउनुपर्ने वा उत्पादन भएका तयारी कुखुराको मूल्य बढाउनुपर्ने मुख्य माग रहेको बताउनुभयो । किसानका समस्या सम्बोधन नभए कात्तिक १२ गतेबाट कुनै पनि कुखुरापालक किसानले चल्ला खरीद नगर्ने घोषणा किसानले गरेका छन् । यसलाई आफूहरुले कडाइका साथ पालना गर्ने उनीहरुको भनाइ छ । 

पटक–पटक दाना र चल्लाको मूल्यमा वृद्धि हुँदा पनि कुखुराको मूल्यमा गिरावट आएको, सप्लायर्सहरुले समयमा कुखुरा नउठाउने, किसानले तत्काल कुखुराको मूल्य नपाउने, सप्लार्यसहरुले मनपरी मूल्य निर्धारण गर्ने काम गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो । यस्तै कुखुरापालक किसानले विभिन्न सात बँुदे माग राखेका छन् । उनीहरुले तयारी कुखुराको मूल्य बढ्नुपर्ने, समयमा तयारी कुखुरा बजारसम्म सप्लायर्सले पुर्याइदिनुपर्ने, कुखुराको रकम तत्काल पाउनुपर्ने, कुखुरा, दाना र चल्लाको मूल्य दैनिक प्रकाशित हुनुपर्ने, बच्चा र दाना गुणस्तरीय हुनुपर्नेलगायतका मागसमेत राखेर आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । 

अहिले बजारमा प्रति ५० केजी दानाको मूल्य रु तीन हजार ४५० र प्रतिगोटा चल्लाको मूल्य रु ९० मा किसानले किन्दै आएका छन् । चालीसदेखि ५५ दिनसम्म किसानले पालेका कुखुराको मूल्य भने प्रतिकिलो सरदर रु १८० मात्रै छ । अहिले तयारी कुखुराको मूल्य घोराहीमा रु १९०, तुलसीपुरमा १८० र देउखुरी क्षेत्रमा १७० मा किनबेच हुँदै आएको बताइएको छ । त्यसमा पनि किसानसँग प्रतिकिलो रु १८० मा किनिएको कुखुरा उपभोक्तासम्म आइपुग्दा रु ३०० देखि ३२० सम्म प्रतिकिलो तयारी मासु बिक्री हुने गरेको छ । दाना र चल्लाको मूल्य बढेपछि तयारी कुखुराको मूल्य पनि बढ्नुपर्ने किसानको मुख्य माग छ । 

दाना तथा कुखुरा सप्लायर्स दाङका उपाध्यक्ष महेन्द्र बुढाथोकीले तत्कालका लागि तयारी कुखुराको मूल्य बढाउन नसकिने बताउनुभयो । जिल्लामा कुखुराको उत्पादन अत्यधिक हुँदा बजारले धान्न नसकेको र सोही कारण मूल्य बढाउन नसकिएको उहाँको तर्क छ । यस्तै दाङको तुलनामा अन्य जिल्लाका तयारी कुखुराको मूल्य थोरै भए पनि घोराहीमा आफूहरुले घाटा व्यहोरेर भए पनि किसानलाई धेरै मूल्य दिइरहेको उहाँले जिकिर गर्नुभयो ।

जिल्लामा चल्ला र दाना थोरै मात्रामा उत्पादन भए पनि अरु सबै बाहिर जिल्लाबाट आउने हुँदा दाना र चल्लाको मूल्य आफूहरुले तोकेर निर्धारण नहुने उहाँले बताउनुभयो । कुखुराको दानामा प्रयोग हुने करीब १५/१६ प्रकारका अन्नजन्य पदार्थ सबै भारतको भर पर्नुपर्ने हुँदा पनि दानाको मूल्य चर्को हँुदै गएको दाना सप्लायर्सहरुको भनाइ छ । 

अहिले काठमाडौँ, पोखरा र दाङबाहेक सबै जिल्लामा तयारी कुखुराको मूल्यमा भारी गिरावट आएको र आफूहरुले तयारी कुखुराको मूल्य बढी भनेमा फ्रेस हाउसहरुले जिल्ला बाहिरबाट कुखुरा मगाउने हुँदा पनि समस्या भएको कुखुरा तथा दाना व्यवसायी बताउँछन् । दाना, चल्ला र तयारी कुखुराको मूल्य निर्धारणको काममा सरकारले जिम्मेवारी लिइदिए आफूहरुलाई सहज हुने व्यवसायी बताउँछन् । अहिले दाङभरि करीब दुई हजार किसानले कुखुरा पालिरहेका छन् । दाङमा प्रति हप्ता एक लाख २५ हजार चल्ला जिल्ला भित्रिने गरेका बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा