यतिखेर रौतहट र बैतडी चर्चामा छन् । रौतहटमा विस्फोटका घाइतेहरूलाई इ“टाभट्टामा लगेर मारिएको रहेछ भने बैतडीमा हालै सडक खन्दा अनधिकृत रूपमा प्रयोग गरिएको डोजरले आफ्नो खेत मासेको भनी विरोध गर्ने महिलालाई पेलेर मार्ने कोसिस गरको थियो । यद्यपि यी घटना भनेजस्तो नभएको प्रतिक्रिया समेत आइरहेका छन् ।
‘इहवा“ के ढेलो बोलेला’ अर्थात् यहा“को माटोको डल्लो पनि बोल्छ, यो रौतहटमा प्रचलित आहान हो । ठीक त्यस्तै बैतडीमा सडक खनिएको ग्वाल्लेक धाम वरपर ‘कंकर–कंकरमा शंकर ’अर्थात् त्यहा“का प्रतेक शिलाखण्डमा शिवजी रहेको जनविश्वास छ । त्यस क्षेत्रमा पनि ‘हुक्काउने बल्ल झट्ट काठा लोटन्छ’ भन्ने आहान प्रचलित छ । यसको शाब्दिक अर्थ हो, यहा“ जुध्नको लागि डुक्रिने गोरु चा“डै भीरबाट खस्छ । अझै पनि मर्कामा पर्दा माटी घत्याउने अर्थात् माटोलाई गुहार्ने गरिन्छ । यो सन्त्रासको समयमा माटो र ढुंगा निःशब्द मानिएलान् र हुन सक्लान् पनि । तर पापको घडा भरिएपछि समयले आफै निसाफ खोज्छ भन्नेमा नेपाली समाज अझै विश्वस्त भइ बसेको छ ।
कुरा ग्वाल्लेक सडकको हो । शक्तिको आडमा उपभोक्तालाई आतंकित पार्ने यो घटनालाई सडक बनाउन दिने र नदिने बीचको सामान्य घटनामात्र मानिनु हु“दैन । यो दानवी लीलाको पछाडि कुन अदृश्य शक्ति थियो ? जनताले जान्न चाहेका छन् । प्रतिनिधि निकायलाई सामेल नै नगराई कानुनले प्रयोग गर्नै नपाइने डोजरको हठात् प्रयोग गरी तियामेनचोक शैलीमा चलिरहेको मेरो देशको कथित विकासपथ कसका लागि बनिरहेको छ ? भुइ“ यथार्थले प्रस्टिने नै छ । यो कामको लागि जिम्मेवार दण्डित हुनुपर्छ । डोजर चालकलाई मात्र बलिको बोको नबनाई पर्दा पछाडि बस्ने माफिया सञ्जाललाई नेतृत्व वर्ग मानिरहने आडम्बरी स्थितिको पर्दाफास समेत भएमा न्याय कहिल्यै नमर्ने विश्वास झन् बलियो हुने थियो ।
– भानदेव बडु, दसरथचन्द नपा–७, बैतडी