2026-08-18 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाल–भारत सीमानाकामा आवागमन बन्द

काठमाडौँ | भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै रौतहट जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते अर्थात् शनिबार साँझ ६ः०० बजेदेखि नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित पत्रमा यही कात्तिक २५ गते (११ नोभेम्बर २०२५) मङ्गलबारका दिन दोस्रो चरणको विधानसभा निर्वाचन हुन गइरहेको हुँदा सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएका रौतहटका सीमानाका शनिबार साँझ ६ः०० बजेदेखि लिएर २५ गते मङ्गलबार साँझ ६ः०० बजे सम्म आकस्मिक सेवाबाहेक आवागमन पूर्ण रूपमा बन्द हुने उक्त पत्रमा उल्लेख गरिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रसम्बन्धी भएको समन्वय बैठकपश्चात दुई देशमा हुने निर्वाचन हुनुभन्दा ७२ घण्टाअगावै सीमा शिल गर्ने चलन रहिआएको छ । सोहीअनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल–भारत सीमा क्षेत्रमा हुने आवागमन पूर्ण रूपमा बन्द हुने गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह प्रश्न कालो चस्मामाथि होइन, कालो नियतमाथि गरौँ: सांसद टीका संग्रौला स्वास्थ्य बिमा सञ्चालन गर्न रास्वपा सांसद रञ्जु न्यौपानेको माग सहिदका अधुरा कामको लेखाजोखासहित प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ : सांसद खतिवडा प्रतिनिधिसभाको बैठक सुरु सर्वोच्चको आदेशपछि किशोर श्रेष्ठ रिहा, भने– ‘सत्य मरेको छैन, कलम हारेको छैन’ मंगलबार सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले घट्यो रास्वपा कांग्रेसको प्रतिद्वन्द्वी होइन, राजनीतिक प्रतिस्पर्धी मात्र हो: गगनकुमार थापा पुराना दललाई दोष दिएर सरकार उम्किन मिल्दैन, अब नतिजा देखाउनुपर्छ: हर्कराज राई गगन थापा र देउवाबीचको दूरी घटाउन पहल गर्छु: शशांक कोइराला प्रमाणबिना महिलामाथि आरोप लगाउन पाइँदैन : सांसद इन्दिरा राना सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने? : आशिका तामाङ बाढीपहिरोको जोखिममा रहेका बस्ती तत्काल सुरक्षित स्थानमा सारौँ: कांग्रेस सांसद काउँचा भूमिहीनलाई अधिकार दिऔँ, निराशा होइन: राजीव खत्री बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा रास्वपा सभापति लामिछानेले बोलाए केन्द्रीय समिति बैठक