११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली भूभाग भारतीय नक्सामा समेटिएकोमा राप्रपाको गम्भीर आपत्ति

१९ कार्तिक २०७६, मंगलवार ०८:१६

कार्तिक १९, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली भूभाग भारतमा समेटेर हालै भारत सरकारद्वारा जारी नयाँ नक्साप्रति गम्भीर आपत्ति जनाएको छ | राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतमा समेटिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् |

‘सो भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगतदेखि नै निरन्तर विरोध गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूभाग भारतीय नक्सामा समेटिनु आपत्तिजनक र अस्वीकार्य छ ।’

राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियताजस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ । साथै यस कार्यको कुटनीतिक ढंगबाट तत्काल सशक्त प्रतिवाद गर्न राप्रपाले सरकार र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज