2026-07-03 06:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड भन्छन, महराले मलाई पनि ढाँटे

2019-11-06

कार्तिक २०, दाङ | पूर्वसभाममुख कृष्णबहादुर महराबाट आचरण र नैतिक रूपमा ठूलो गल्ती भएको प्रचण्डले बताएका छन् | संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि महराले गरेको दुर्व्यवहार आफूले सोध्दा महराले ढाँटेको प्रचण्डले बताए |

यस प्रकरणमा अदालतले निष्पक्ष फैसला गर्ने विश्वास आफूलाई रहेको धारणा उनले राखे | घटना बाहिरिएपछि नारायणकाजी श्रेष्ठ तथा टोपबहादुर रायमाझीलाई बुझ्न पठाउँदा पनि महराले सही कुरा नभनेको प्रचण्डले उल्लेख गरे।

त्यसपछि स्वयं गएर बुझ्दा पनि महराले  ढाँटेको उनले बताए। 'म आफैं पनि त्यहाँ गएँ, त्यहाँ पनि साँचो कुरा बोल्नुभएन। उहाँले गल्ती गरेको पुष्टि भयो। इफ बट केही नभनी राजिनामा दिनुस् भने उहाँले तुरून्तै राजिनामा दिनुभयो', दाहालले भने। त्यसैगरी उनले महरा प्रकरण व्यक्तिलाई मात्र नभई राष्ट्रका भिभिआइपीलाई सच्याउने खालको घटना भएको बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक