२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलि देशभर हल्का वर्षा र हिमपातको सम्भावना

२०७६, २१ कार्तिक बिहीबार १०:२९

कात्तिक २१, काठमाडौं | पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा अबको केही दिन वर्षाको साथै हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

 “केही समय मौसम खुले पनि मध्यान्ह्बाट देशको धेरैजसो स्थानमा बदली हुनेछ”, मौसमविद् अर्यालले भने । भोलि शुक्रबार देशको पहाडी भागमा आंशिकदेखि समान्य बदली रही देशका पहाडी भागको एक दुई स्थानमा हल्का वर्षा र हिमाली भागमा हिमपातको सम्भावना रहेको जनाइएको छ । शनिबार देशको पूर्वी र मध्यभागलगायत पश्चिमी पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव २ डिग्री र अधिकतम तापक्रम २४ दशमलव १ डिग्री सेल्सियस रहेको छ । यस्तै आज सबै भन्दा कम जुम्ललाको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल