२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज गणेशमान सिंहको १०५ औं जन्म जयन्ती

२०७६, २४ कार्तिक आईतवार ०६:५९

कात्तिक २४, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्तीको उपललक्ष्यमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै छन् |

काठमाडौंको शोभा भगवतीमा रहेको सिंहको शालिकमा बिहान माल्यार्पण गरिएको छ । माल्यार्पण कार्यक्रममा कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ, पूर्वमन्त्री  राजन केसी लगायत सहभागी थिए | उनका छोरा एवम् काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंह भने अमेरिकामा रहेकाले कार्यक्रममा सहभागी हुन नपाएको उनको सचिवालयले जनाएको छ ।

गणेशमान सिंह १ सय ५ औँ जन्म जयन्तीको अवसरमा दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने र साँझ ५ बजे नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समितिले रत्नपार्क शान्तिवाटिकामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ ।

राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीका लागि सिंहको योगदानलाई अतुलनीय मानिन्छ । सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापनासमेत गरेका थिए । उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे