२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुवाखालबाट समातिएका प्रधानमन्त्रीका एडीसी कार्बाहिकालागी प्रहरी खोरमा

२०७६, २४ कार्तिक आईतवार ११:४३

कार्तिक २४,काठमाडौँ | गत कात्तिक १५ गते जुवा खालबाट समातिएका प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भनिएका नेपाली सेनाका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ | 

सेनाले आइतबार एक विज्ञप्तिमार्फत उनलाई महानगरीय प्रहरी वृत, महाराजगञ्‍जमा उपस्थित गराइएको जानकारी गराएको हो | ‘कार्तिक १५ गते काठमाण्डौं जिल्ला टोखा नगरपालिका वडा नं १० सामाखुशीस्थित खरीबोट ईलाकाबाट जुवामा संलग्न रहेको भनि नेपाल प्रहरीद्वारा पक्राउ गरी श्री सैनिक प्रहरी गण, जंगी अड्‍डामा बुझाइएका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानको लागि आज प्रहरी समक्ष उपस्थित गराइएको छ । अनुसन्धानको लागि  महानगरीय प्रहरी वृत, महाराजगञ्‍जबाट सेनानी राजेन्द्र शाहीलाई उपस्थित गराइ दिनको लागि पत्राचार भई आएकोमा उक्त वृतमा उपस्थित गराइएको हो ।’ 

सेनाको विज्ञप्तिमा भनिएको छ। गल्ती गर्ने जो कसैलाई पनि नियम बमोजिम कडा कारवाही गर्ने नीति रहेको स्पष्ट पार्दै  सेनाले यस नीतिलाई थप प्रभावकारी बनाउन पुरस्कार र दण्ड सजाय सम्बन्धी निर्देशिका समेत लागू गरिएको उल्लेख गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो