२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

१४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने किशोर पक्राउ

२९ कार्तिक २०७६, शुक्रबार ०७:१८

कात्तिक २९, गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।

गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया बालिकालाई फकाएर भगाई विवाह गरेपछि बालिकाको आफन्तले बालविवाह भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सरोजलाई मङ्गलबार पक्राउ गरी म्याद थप गरेर बालविवाहसम्बन्धी मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताउनुभयो ।

जिल्लामा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा बालविवाह बढ्दै गएको बेला कटारीमा भने बालविवाह गर्नेलाई पक्राउ गरी कारवाही शुरु गरिएको पनि प्रहरीप्रमुख केसीले बताउनुभयो ।

किशोरी बलात्कार गर्नेलाई सात वर्षको जेल सजाय

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका एक २५ वर्षीय युवालाई जिल्ला अदालत उदयपुरले स्थानीय १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सात वर्षको जेल सजाय र रु पाँच हजार दण्ड जरिवाना गर्ने फैसला गरेको छ । अदालतले २५ वर्षीय विनोद परियारका विरुद्धमा उक्त फैसला सुनाएको अदालतले बताएको छ । 

बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले परियारलाई किशोरी बलात्कार गरेको अभियोगमा सात वर्षको जेल सजाय र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताउनुभएको छ । विसं २०७५ माघ २९ गते परियारले किशोरीलाई बलात्कार गरेको पीडितका आफन्तले प्रहरीमा जाहेरी गरेपछि फागुन २६ गते पक्राउ गरेर चैतदेखि अभियुक्तलाई बलात्कारसम्बन्धी मुद्दा चलाइएको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य