११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशलाई समृद्ध बनाउन नेकपाबाहेकको विकल्प छैन : प्रवक्ता श्रेष्ठ

१ मंसिर २०७६, आईतवार ११:३५

मङ्सिर १, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का  प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले देशलाई समृद्ध बनाउन नेकपाबाहेक अन्य कुनै विकल्प नभएको बताउनुभएको छ । 

मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ (क) का नेकपा उम्मेदवार डिपी ढकाललाई भोट माग्न आज जनताको घरदैलोमा पुग्नुभएका नेता श्रेष्ठले देशलाई समृद्ध बनाउने अभियानस्वरुप भक्तपुरको विकास गर्न र यहाँको मुहार फेर्न नेकपाका उम्मेदवार डिपी ढकाललाई विजयी गराउनुपर्ने बताउनुभयोे । 

उहाँले शिक्षा, स्वास्थ्य, रोजगारको साथमा समृद्ध भक्तपुर र सुखी भक्तपुरका जनता बनाउन नेकपाको अर्को विकल्प नभएको उल्लेख गर्नुभयो । प्रवक्ता श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि पनि नेकपालाई चुनावमा जिताउनै पर्छ भन्नुभयो ।  

उम्मेदवार ढकाललाई जिताउन मतदातासँग आग्रह गर्दै श्रेष्ठले भन्नुभयो, “नेपालको कालापानी लगायतको मिचिएको भू–भाग नेकपाले मात्र फिर्ता गराउन सक्छ ।” नेकपाको सरकारले स्पष्टरुपमा कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको उहाँले दाबी गर्नुभयो ।

घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले भक्तपुरले रोजेको जनताले खोजेको व्यक्ति डिपी ढकाल नै भएको चर्चा गर्दै भक्तपुरको विकास र समृद्धि तथा जनताको चाहना, आवश्यकतालाई पूरा गर्न ढकाल र आफू सदैवसँगै सहयात्री भई भक्तपुरको मुहार फेर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

घरदैलो कार्यक्रममा प्रदेश नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सांसद रामेश्वर फुयाँल, जिल्ला इञ्चार्ज दिलीप प्रजापति, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजालगायतको सहभागिता थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ