2026-07-10 03:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशलाई समृद्ध बनाउन नेकपाबाहेकको विकल्प छैन : प्रवक्ता श्रेष्ठ

मङ्सिर १, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का  प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले देशलाई समृद्ध बनाउन नेकपाबाहेक अन्य कुनै विकल्प नभएको बताउनुभएको छ । 

मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ (क) का नेकपा उम्मेदवार डिपी ढकाललाई भोट माग्न आज जनताको घरदैलोमा पुग्नुभएका नेता श्रेष्ठले देशलाई समृद्ध बनाउने अभियानस्वरुप भक्तपुरको विकास गर्न र यहाँको मुहार फेर्न नेकपाका उम्मेदवार डिपी ढकाललाई विजयी गराउनुपर्ने बताउनुभयोे । 

उहाँले शिक्षा, स्वास्थ्य, रोजगारको साथमा समृद्ध भक्तपुर र सुखी भक्तपुरका जनता बनाउन नेकपाको अर्को विकल्प नभएको उल्लेख गर्नुभयो । प्रवक्ता श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि पनि नेकपालाई चुनावमा जिताउनै पर्छ भन्नुभयो ।  

उम्मेदवार ढकाललाई जिताउन मतदातासँग आग्रह गर्दै श्रेष्ठले भन्नुभयो, “नेपालको कालापानी लगायतको मिचिएको भू–भाग नेकपाले मात्र फिर्ता गराउन सक्छ ।” नेकपाको सरकारले स्पष्टरुपमा कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको उहाँले दाबी गर्नुभयो ।

घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले भक्तपुरले रोजेको जनताले खोजेको व्यक्ति डिपी ढकाल नै भएको चर्चा गर्दै भक्तपुरको विकास र समृद्धि तथा जनताको चाहना, आवश्यकतालाई पूरा गर्न ढकाल र आफू सदैवसँगै सहयात्री भई भक्तपुरको मुहार फेर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

घरदैलो कार्यक्रममा प्रदेश नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सांसद रामेश्वर फुयाँल, जिल्ला इञ्चार्ज दिलीप प्रजापति, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजालगायतको सहभागिता थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो