११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक इन्च भूमि पनि कसैलाई नछोड्ने प्रचण्डको दावी

७ मंसिर २०७६, शनिबार १२:४४

कमल पौडेल | मङ्सिर ७, बडिगाड (बागलुङ) | नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि पुस्पकमल दाहाल प्रचण्डले नेपालको भूमि कसैको लागि एक इन्च पनि छोड्न नसकिने बताउनु भएको छ ।

उपनिर्वाचनको सन्दर्भमा चुनावी सभालाई सम्बोधन गर्न बागलुङको बुर्तिवाङ जाने क्रममा गुल्मीको मुसिकोट नगरपालिकाको स्वागत कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय एकताको सन्देश दिँदै सरकारले राजनैतिक र कुटनैतिक प्रयास सुरु गरेको बताउनु भएको छ । प्रचण्डले भन्नु भयो “कालापानी, लिपुलेक, लिपुयाधुरा महाकालि पूर्वको भुभाग नेपाल हो भन्ने सुघौलि सन्धिको वेलाको मान्यताको अतिक्रमण भएको छ । जुन हामिलाई मान्य छैन, हामी एक इन्च भूमि कसैलाइ छोड्न सक्दैनौ र अर्काको एक इन्च भूमि हामिलाई चाहिएको छैन ।” 

प्रचण्डले राज्यको गुणात्मक परिवर्तन भैरहेको भन्दै नयाँ संरचना भएकोले केहि समय लागेको अव विकासमा अगाडि बढ्न लागेको बताउनु भएको छ । ७० वर्ष पछि नेपाली जनताले स्थीर सरकारको पाएको भन्दै ३ वर्षमा विकासले फट्को मार्ने बताउनु भयो । हालै पार्टिको कार्यकारी अध्यक्ष बन्नुभएका प्रचण्डले तत्कालै स्थायी समितिको बैठक वसि देश व्यापी कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । 


कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विष्णु पौडेल लगाएतको सहभागिता रहेको थियो। स्वागतको लागी मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा, ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली, बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा लगाएत पार्टी नेता कार्यकर्ताको सहभागिता रहेको थियो। आजै दिउसो अध्यक्ष प्रचण्ड, सहितका नेताले बुर्तिवाङमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि