2026-09-08 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा जलेर दुई घर नष्ट

मङ्सिर १५, सल्यान । सल्यानमा दुई घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । दार्मा गाउँपालिका–१ सिमलपुरमा आइतबार भएको आगलागीबाट ७५ हजार नगदसहित पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट तसे कामी, कमल विक, अनिल विक र लक्ष्मण विकको घरमा रहेका लत्ता कपडा, भाँडाकुडा अन्नपात तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको पीडित कमल विकले जानकारी दिनुभयो ।

घरमा कोही नभएको बेला एक्कासी आगलागी भएर घरमा रहेको नगद, आठ आना सुनसमेत नष्ट भएको पीडित अनिल विकले जानकारी दिनुभयो ।

“घरमा रहेको अन्नपात लत्ता कपडा सबै सकियो अब कसरी परिवारको गर्जो टार्ने, सबैले सहयोग गरेर परिवार बचाइदिनुस्”, पीडित अनिल विकले भन्नुभयो ।

दुईवटा घरमा चार जना परिवार बस्दै आएकोमा आगलागी भएपछि विचल्लीमा परेको र पीडित परिवार आफन्तको घरमा बसेको इलाका प्रहरी कार्यालय फारुलाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल