2026-09-14 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

मादी नदी लिफ्टिङ आयोजनाको सर्भे शुरु

मङ्सिर १९, तनहुँ | व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भादगाउँ क्षेत्रमा दीर्घकालीन खानेपानी समस्या समाधान गर्न मादी नदी लिफ्टिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सर्भे शुरु गरेको छ । 

पहिलो चरणको ‘भिजिबिलिटी सर्भे’ पश्चात् व्यास नगरपालिका–४ स्थित करीब तीन किलोमिटर दूरीको मादी नदी किनारमा पानी बोरिङ गरी लिफ्टिङ गर्न सर्भे थालेको हो । 

काठमाडौँस्थित बिन कन्सल्टेन्सीका प्राविधिक गणेश महतोको नेतृत्वमा आएको चार जनाको टोलीले मुख्य लाइनपछि शाखा लाइनको सर्भे थालेको छ । नगरपालिका–१ वडाका सबै क्षेत्रसाथै १२ नं वडाको केही क्षेत्रलाई समेटिने गरी काम थालिएको हो । टोलीलाई सर्भे गर्न अझै दुई महिना लाग्ने समितिले जनाएको छ । समितिले हाल चालू अवस्थाका तीन आयोजनाको पानीले व्यास नगरपालिका–१ भादगाउँस्थित २० टोलका दुई हजार २३७ घरमा पानीको धारा जडान गरी पानी वितरण गर्दै आएको छ । 

नगरपालिका–१ स्थित छाब्दी खोलाबाट दुई वटा बोरिङ गरी लिफ्टिङ र –१३ स्थित खिरखाँदी खोलाबाट ‘ग्रावेटी’ माध्यमबाट ल्याइएको पानी सङ्कलन गरी भादगाउँ क्षेत्रमा पानी वितरण गरिदै आएको समितिका प्रबन्धक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । खिरखाँदी खानेपानी आयोजनाको रु १७ करोड र छाब्दी खोलाबाट हालै पम्पिङ गरिएको योजना रु ६४ लाखमा सम्पन्न भएको हो । खिरखाँदी खोला सदरमुकाम दमौलीदेखि करीब १३ किलोमिटर दूरीमा पर्दछ । 

छाब्दी खोलाको दुई स्थानबाट बोरिङ गरी पम्पिङ गरिएको पानी प्रतिसेकेण्ड नौ लिटर र खिरखाँदी खोलाको प्रतिसेकेण्ड नौ लिटर गरी १८ लिटर प्रतिसेकेण्ड पानी सङ्कलन हँुदै आए पनि एक दिन बिराएर दिनको दुई घण्टा पानी वितरण गरिदै आएको प्रबन्धक श्रेष्ठले बताउनुभयो । बस्ती बिस्तार हुँदै जान थालेपछि पानीको समस्या खड्किन थाल्यो । उहाँले भन्नुभयो, “दीर्घकालीन योजनासहित करीब ३० वर्षपछिसम्मका लागि मध्यनजर गर्दै खानेपानीको विकल्प खोजिएको हो ।”

नयाँ आयोजनाअन्तर्गत मादी नदी किनारमा दुई मोटर र दुई पाइप जडान गरी पम्पिङ गरिएको पानी ‘ट्रिटमेन्ट प्लान्ट’ मा राखेर वितरण गरिने समितिले जनाएको छ । उक्त आयोजनामा सरकारको ७० प्रतिशत, स्थानीय श्रमदान २० प्रतिशत र स्थानीयको १० प्रतिशत नगद बेहोर्नुपर्ने प्रावधान रहेको समितिका अध्यक्ष चिजबहादुर दरैले बताउनुभयो । 

उक्त आयोजनाको लागत करीब रु ३५ करोड छ । अध्यक्ष दरैले भन्नुभयो, “टेण्डर गरेको दुई वर्षभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।” निर्माणाधीन आयोजनाको प्रतिसेकेण्ड ३५ लिटर पानीको क्षमता रहेको बिन कन्सल्टेन्सीका इञ्जिनीयर निर्जल ढकालले जानकारी दिनुभयो । उक्त वडाको उचाइ क्षेत्रमा रहेका बस्ती भदु्रडाँडा र गल्बुडाँडामा समेत पानीको सुविधा पुर्याउने उद्देश्यले अमिली भञ्ज्याङमा रिजर्भ ट्याङ्की निर्माण गरिने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले