मनोज बोहोरा । २१ औ शताब्दीमा जन्मिएका आजका बालबालिका ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनोज बोहोरा । २१ औ शताब्दीमा जन्मिएका आजका बालबालिका ला"/>
2026-06-27 09:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अब त बुझ्नु न मैले त्यसको फोटोमा लाईक गरेको मात्र हो’

मनोज बोहोरा । २१ औ शताब्दीमा जन्मिएका आजका बालबालिका लागि फेसबुक,मोबाइल चलाउनु यो कुनै सातौं आश्चर्यको कुरो भने होइन् ।

हाम्रा बालबालिकाहरुले कस्ता कुरा ग्रहण गर्देछन्, यसबारेमा हरेक अभिभावक सजक रहन अति नै आवश्यक देखिन्छ अहिलेको सन्दर्भमा । स्कुल पढ्ने विद्यार्थी आफ्नो शैक्षिक छलफलमा भन्दा पनि यी यस्तै विविध विषयवस्तुमा अल्झिएको बढी देख्न सक्न्छि । एउटा यस्तै उदाहरण लेख्दैछु हाम्रो समाजको । आज नि नजिकैको साइबरमा देखें ति स्कुले फुच्चीलाई । सधा झै आज नि कानमा कम्प्यूटरका हेडफोन जोडिएका थिए । स्कूलको लुगा लगाएकी थिइन

उनको स्कूलको झोला आफू बसे नजिकैको कुनामा थियो । उनी स्कूलको घण्टीको पर्वाह नगरी कम्प्यूटरमा व्यस्त थिइन । प्रष्टसंग उनको टाईमा लेखिएको स्कूलको नाम र लोगोले उनको पत्ता लगाउन मलाई कुनै गाह्रो भएन । साइबर भएको स्थानबाट करिब १०० मिटर जतिमा उनको स्कूल थियो । उनको अनुहार मलिन एवम् चिन्तित थियो । घरीघरी भक्कानिदै रुन्चे स्वरमा कुरा गर्दै थिइन । कस्तो बिस्मत यो ठूलै विपति परेछ नि यी फूच्चीलाई भनेर म नि एकछिन त आतिए । चिन्ता र डरले आतिए जस्तो देखिन्थिइन ।
सूकक सूक्क रुदै उनी यसो भन्दै थिइन ।“अब त बूझनू न मैले त्यसको फाटोमा लाईक गरेको मात्र हो । त्यसो न भन्नु न” भन्दै विन्ती गर्दै थिईन ति फूच्ची । आखिरमा मैले नि अलि अलि कुरा बूझे कुरा त लभ अनि फेसबूकको पो रहेछ । मनमनै सोचे के भएको यो यति सानो उमेरमा लभ । कस्तो अचम्म हो यो । मेरा आँखा घरी मेरो कम्प्यूटरमा थिए भने कान अज्जै ती फूच्चीका कुरा तिर । कारण थियो म नचाहेर नि उनीको कुरा नसुनी बस्न सक्दिन थिए ।

म उनी बसेको कुर्सि नजिकैको कम्प्यूटरमा बसेको थिए । साची नै प्यार अन्दा नै हून्छ कि क्या हो भन्ने कुराको धेरथोर अनुभव ति फुच्चीले गराईन । न त कसैको प्रवाह छ न त स्कुल छूटला भन्ने डर । के प्रेममा मानिस यस्तै बेहोसी हुन्छ त । फेरी यस्तो प्रेमलाई नै प्रेमको परिभाषा दिएर ब्याख्या गर्न मिल्ला त । फेरी एकै छिनमा खै के भयो उनीलाई उनी त आसु पुस्दै मुसुमुसु हास्न पो थालिन । त्यो देखेर मेरो मनमा अनेकौ प्रश्नहरु जन्मिए ।

आखिरमा के त्यस्तो घटना घटेछ, एकछिनमा दूःखी र फेरी एकैछिनमा संसारकै सबैभन्दा खुसी । नभन्दै उनी मेरा मनका प्रश्नका उत्तर क्रमसः दिदै थिइन । उनी भन्दै थिइन मलाई थाहा थियो तपाईले बुझुनु हुन्छु भनेर आखिरमा तपाईले नबुझे कसले बुझछ मलाई ।आई ल भ यु टु बारम्बार भन्दै थिइन । मैले अनुमान लाए अघिको झगडा मिलेछ । तर उनीहरुको कुराको सिलसिला टुंगिने कुनै छाटकाट भने देखिदैन थियो । यस्तो प्रेमलाई नै प्रेमको परिभाषा भनेर व्याख्या गर्न मिल्ला त ? म नै सोचमा डुबे आखिरी केटाले केटीलाई गरिने मात्र प्रेम हो र ।

हामो समाज अहिले यस्तो दुव्र्यसनीमा फसेको छ ,त्यसबाट यसलाई उक्लन धेरै समय लाग्ने छ । सूचना प्रविधिको युगमा जन्मिएर आफूलाई भाग्यमानी ठान्ने म आज यस्ता दृष्टान्त प्रशस्त भेटाउदा कलिला नानीका सृजनशिल मस्तिष्क सम्झेर भक्कानिन्छु । मेरा मनका गनथनहरु नसकिदै ति नानीको मोबाईलको घण्टीले म झस्किए।उनी हतनपत कानबाट हेडफोन निकालेर फोनमा पो कुरा गर्न थालिन्।भन्दै थिईन्“सुन्न म यहा अस्तिकै साईबरमा छु,हेर न मेरो अस्तिकोसंग सानो झगडा भयो त्यसैले म उसग कुरा गर्र्दै छु ।”

उताबाट खै के जवाफ आयो फोनमा उनीले हुन्छ नि त छिटो गरेर आईज भनिन्।कस्तो अचम्म ९:३० हुदा नि अझै कसैलाई बोलाई रहेकी थिईन् । मेरो अचम्म खत्तम हुन न पाउदै उ बसे नजिकै कम्प्यूटरमा उनकै साथी जस्तो देखिने एक फुच्ची आईन् । भर्खर आएकी फुच्चीले नि कम्प्यूटर खोलेर फेसबुक खोलिन । फेरी साथी बीच पनि गनथन सुरु भयो त्यही फेसबुकको । आखिरमा स्कूलको घण्टी लागेरै छाडयो । उनीहरुको फेसबुकको मोह घण्टीले भ¨गरेर छाडयो । अन्तत त्यहाँबाट झोला बोकेर साइबरको काउण्टरमा गएर पैसा तिरे र स्कूल तिर लागे । अब प्रश्न उठछ कि तिनीहरुले कुन मानसिकता र एकाग्रताका साथ पढलान् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी