मनोज बोहोरा । २१ औ शताब्दीमा जन्मिएका आजका बालबालिका लागि फेसबुक,मोबाइल चलाउनु यो कुनै सातौं आश्चर्यको कुरो भने होइन् ।
हाम्रा बालबालिकाहरुले कस्ता कुरा ग्रहण गर्देछन्, यसबारेमा हरेक अभिभावक सजक रहन अति नै आवश्यक देखिन्छ अहिलेको सन्दर्भमा । स्कुल पढ्ने विद्यार्थी आफ्नो शैक्षिक छलफलमा भन्दा पनि यी यस्तै विविध विषयवस्तुमा अल्झिएको बढी देख्न सक्न्छि । एउटा यस्तै उदाहरण लेख्दैछु हाम्रो समाजको । आज नि नजिकैको साइबरमा देखें ति स्कुले फुच्चीलाई । सधा झै आज नि कानमा कम्प्यूटरका हेडफोन जोडिएका थिए । स्कूलको लुगा लगाएकी थिइन
उनको स्कूलको झोला आफू बसे नजिकैको कुनामा थियो । उनी स्कूलको घण्टीको पर्वाह नगरी कम्प्यूटरमा व्यस्त थिइन । प्रष्टसंग उनको टाईमा लेखिएको स्कूलको नाम र लोगोले उनको पत्ता लगाउन मलाई कुनै गाह्रो भएन । साइबर भएको स्थानबाट करिब १०० मिटर जतिमा उनको स्कूल थियो । उनको अनुहार मलिन एवम् चिन्तित थियो । घरीघरी भक्कानिदै रुन्चे स्वरमा कुरा गर्दै थिइन । कस्तो बिस्मत यो ठूलै विपति परेछ नि यी फूच्चीलाई भनेर म नि एकछिन त आतिए । चिन्ता र डरले आतिए जस्तो देखिन्थिइन । सूकक सूक्क रुदै उनी यसो भन्दै थिइन ।“अब त बूझनू न मैले त्यसको फाटोमा लाईक गरेको मात्र हो । त्यसो न भन्नु न” भन्दै विन्ती गर्दै थिईन ति फूच्ची । आखिरमा मैले नि अलि अलि कुरा बूझे कुरा त लभ अनि फेसबूकको पो रहेछ । मनमनै सोचे के भएको यो यति सानो उमेरमा लभ । कस्तो अचम्म हो यो । मेरा आँखा घरी मेरो कम्प्यूटरमा थिए भने कान अज्जै ती फूच्चीका कुरा तिर । कारण थियो म नचाहेर नि उनीको कुरा नसुनी बस्न सक्दिन थिए ।
म उनी बसेको कुर्सि नजिकैको कम्प्यूटरमा बसेको थिए । साची नै प्यार अन्दा नै हून्छ कि क्या हो भन्ने कुराको धेरथोर अनुभव ति फुच्चीले गराईन । न त कसैको प्रवाह छ न त स्कुल छूटला भन्ने डर । के प्रेममा मानिस यस्तै बेहोसी हुन्छ त । फेरी यस्तो प्रेमलाई नै प्रेमको परिभाषा दिएर ब्याख्या गर्न मिल्ला त । फेरी एकै छिनमा खै के भयो उनीलाई उनी त आसु पुस्दै मुसुमुसु हास्न पो थालिन । त्यो देखेर मेरो मनमा अनेकौ प्रश्नहरु जन्मिए ।
आखिरमा के त्यस्तो घटना घटेछ, एकछिनमा दूःखी र फेरी एकैछिनमा संसारकै सबैभन्दा खुसी । नभन्दै उनी मेरा मनका प्रश्नका उत्तर क्रमसः दिदै थिइन । उनी भन्दै थिइन मलाई थाहा थियो तपाईले बुझुनु हुन्छु भनेर आखिरमा तपाईले नबुझे कसले बुझछ मलाई ।आई ल भ यु टु बारम्बार भन्दै थिइन । मैले अनुमान लाए अघिको झगडा मिलेछ । तर उनीहरुको कुराको सिलसिला टुंगिने कुनै छाटकाट भने देखिदैन थियो । यस्तो प्रेमलाई नै प्रेमको परिभाषा भनेर व्याख्या गर्न मिल्ला त ? म नै सोचमा डुबे आखिरी केटाले केटीलाई गरिने मात्र प्रेम हो र ।
हामो समाज अहिले यस्तो दुव्र्यसनीमा फसेको छ ,त्यसबाट यसलाई उक्लन धेरै समय लाग्ने छ । सूचना प्रविधिको युगमा जन्मिएर आफूलाई भाग्यमानी ठान्ने म आज यस्ता दृष्टान्त प्रशस्त भेटाउदा कलिला नानीका सृजनशिल मस्तिष्क सम्झेर भक्कानिन्छु । मेरा मनका गनथनहरु नसकिदै ति नानीको मोबाईलको घण्टीले म झस्किए।उनी हतनपत कानबाट हेडफोन निकालेर फोनमा पो कुरा गर्न थालिन्।भन्दै थिईन्“सुन्न म यहा अस्तिकै साईबरमा छु,हेर न मेरो अस्तिकोसंग सानो झगडा भयो त्यसैले म उसग कुरा गर्र्दै छु ।”
उताबाट खै के जवाफ आयो फोनमा उनीले हुन्छ नि त छिटो गरेर आईज भनिन्।कस्तो अचम्म ९:३० हुदा नि अझै कसैलाई बोलाई रहेकी थिईन् । मेरो अचम्म खत्तम हुन न पाउदै उ बसे नजिकै कम्प्यूटरमा उनकै साथी जस्तो देखिने एक फुच्ची आईन् । भर्खर आएकी फुच्चीले नि कम्प्यूटर खोलेर फेसबुक खोलिन । फेरी साथी बीच पनि गनथन सुरु भयो त्यही फेसबुकको । आखिरमा स्कूलको घण्टी लागेरै छाडयो । उनीहरुको फेसबुकको मोह घण्टीले भ¨गरेर छाडयो । अन्तत त्यहाँबाट झोला बोकेर साइबरको काउण्टरमा गएर पैसा तिरे र स्कूल तिर लागे । अब प्रश्न उठछ कि तिनीहरुले कुन मानसिकता र एकाग्रताका साथ पढलान् ।