2026-09-30 10:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ६.९४ अंक (०.२५ प्रतिशत)ले बढेर २,७१८.१६ विन्दुमा बन्द भएको छ । यस दिन बजारमा कुल ३३४ वटा कम्पनीको तीन लाखभन्दा बढी कित्ता सेयर ४५ हजार ६५ पटक कारोबार भयो । बिहीबार दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँबराबरको कारोबार भएको छ । आजको कारोबारमा १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी १२ कम्पनीको मूल्य स्थिर छ ।

यसदिन स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात १२.१९ प्रतिशत नाफा कमाएका छन् । त्यस्तै, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको मूल्यमा चार प्रतिशतभन्दा बढीको सुधार आएको छ । तर, यसदिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १३.२४ प्रतिशतको उच्च गिरावट देखिएको छ । त्यसैगरी माथिल्लो लोहरे हाइड्रोपावरको मूल्य ९.१२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन पूर्वाधार विकास लिमिटेड १७ करोड ६८ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो । अपि पावर कम्पनी र रिलायन्स स्पिनिङ मिल्सको पनि क्रमशः १४ करोड ३४ लाख र १४ करोड १५ लाख रुपैयाँबराबरको उल्लेख्य कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री