असार १७, काठमाडौं । ललितपुर जिल्लाको टौखेलस्थित पुञ्पाजली बोर्डिङ स्कुलको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ भने पर्खालले च्यापिएर २० जना बिद्यार्थी घाइते भएका छन् ।
अविरल बर्षाका कारण जग्गा व्यवसायीले लगाएको ढुंगाको पर्खाल भत्किएर कक्षा कोठाको भित्तामा बज्रिएको थियो । पर्खाल र भित्ता भत्किएर कक्षा तीन र कक्षा आठका विद्यार्थीहरु च्यापिएका हुन् ।
प्रखालले च्यापिएर उपचारको लागि लगिएकी टौखेलकी ९ वर्षीया कृपा राई र आमा घरकी अन्जना पुनमगरको मृत्यु भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जानकारी दिए । आमा नभएकी पुनमगरलाई आमा घर नामक अनाथालयले पढाउँदै आएको थियो ।
पर्खालले च्यापिएर घाइते भएकाहरुको बीएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई-तीन जनाको अवस्था गम्भीर छ ।
तश्विर: प्रविनजंग थापा