२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पुल बनेपछि बाटो छोट्टियो

२०७६, १३ माघ सोमबार ०४:१४

सुनकोशीस्थित कुनाइघाटमा झोलुङ्गे पुल सञ्चालनमा आएको छ । खोटाङ र उदयपुरको सिमानामा  एक करोड नौ लाख लागतमा १५८ मिटर लम्बाइ भएको पुल निर्माण गरिएको हो । वर्षौंदेखि डुङ्गाको भरमा आवतजावत गर्नुपर्ने अवस्था अन्त्य भएको छ । 

 खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ भाते जोड्ने सो स्थानको पुल निर्माणको जिम्मा जगदम्बा निर्माण सेवा हलेसीले लिएको थियो । पुल सञ्चालनमा आपछि दुई जिल्लाबीच आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडासदस्य फलामसिं राईले जानकारी दिनुभयो ।

माघ १३, खोटाङ (रासस) । छिमेकी जिल्ला जान तथा आउन आठ घण्टा लाग्ने समय अहिले घटेर दुई घण्टामा झरेको स्थानीयवासी फडेन्द्रकुमार राईले बताउनुभयो । “पश्चिमी क्षेत्रको दुर्गम तथा सुक्खाग्रस्त क्षेत्र मानिने दुर्छिमको कुनाइघाटमा वर्षात्को समयमा डुङ्गा चल्दैनथ्यो”, उहाँले भन्नुभयो, “राईघाट वा बतासेघाट घुमेर भाते जानुपर्दा आठ घण्टा समय लाग्थ्यो । अहिले झोलुङ्गे पुल सञ्चालन भएपछि उक्त समय घटेर दुई घण्टामा झरेको छ ।” जिल्लाको सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी आसपासका गाउँमा उपभोग हुने अधिकांश कृषिउपज सुनकोशीपारिको लिम्चुङबुङ गाउँपालिका–१ भातेबाट ल्याउने गरिन्छ । कृषि बालीका लागि उर्बरभूमि मानिने लिम्चुङबुङ गाउँपालिकाको भातेमा उत्पादन भएको मकै, कोदो, दात, चामललगायत डुङ्गामार्फत हलेसी तार्ने गरिएको थियो । 

करिब दुई वर्षभित्रै निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको पुलमार्फत भातेमा उत्पादन भएको कृषिउपज निर्यात गर्न सकिने भएपछि कृषकसमेत उत्साहित बनेका छन् । पुल बहुउपयोगी भएको लिम्चुङबुङ गाउँपालिका–१ भातेका वडाध्यक्ष भीम किराँतले बताउनुभयो । “खोटाङ्गे र उदयपुरवासीबीच दोहोरो नाता सम्बन्ध छ”, उहाँले भन्नुभयो, “पुल अभावमा जावतजावत गर्न समस्या थियो । अहिले ढिलै भए पनि झोलुङ्गे पुल सञ्चालनमा आएपछि राजधानी काठमाडौँलगायत तराईका जिल्ला जानसमेत सहज भएको छ ।”

लिम्चुङबुङ गाउँपालिकाका साथै उदयपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने अधिकांश स्थानीय तहका स्थानीयवासी सोही कुनाइघाट भएर हलेसी हुँदै मध्यपहाडी लोकमार्गमार्फत राजधानी काठमाडौँलगायत विभिन्न जिल्ला आवतजावत गर्ने गर्छन् । उदयपुरवासीका लागि कुनाइघाटको झोलुङ्गे पुल खोटाङको त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने प्रमुख मार्ग बनेको छ ।  

वर्षौंदेखि जोखिम मोलेर सुनकोशी वारपार गर्नुपर्ने कुनाइघाटमा विसं २०५७ मा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको थियो । हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नम्बर–२, डिकुवाका स्थानीयवासी अझै पनि जोखिम मोलेरै डुङ्गामार्फत कोशी वारपार गर्न बाध्य छन् । 

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा, जोर्तीघाट, बाइटार चिपटारमा पनि झोलुङ्गे पुल निर्माण भइरहेको जनाइएको छ । कुर्लेघाट र बाइसेमा पनि झोलुङ्गे पुल उद्घाटनको तयारी भइरहेको तथा भाटबेँसीको झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ