२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जनप्रतिनिधिको एक महिनाको सुविधा कोरोना कोषमा

१४ चैत्र २०७६, शुक्रबार ०४:१२

चैत १४, खोटाङ  | विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम सामना गर्न साकेला गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो एक महिनाको पारिश्रमिक सरकारको कोरोना रोकथाम कोषमा जम्मा गर्ने भएका छन् । गाउँकार्यपालिकाको बिहीबार बसेको आकस्मिक बैठकले गाउँपालिका प्रमुख तथा उपप्रमुखसहित पाँच वटै वडाका वडाध्यक्षले गाउँपालिकामा स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा आफूले पाउने सेवासुविधा जम्मा गर्ने भएका हुन् ।

गाउँपालिकाका २९ जना कार्यपालिका सदस्यको चैत महिनाको सेवासुविधा कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिनुभयो । “विपद् व्यवस्थापन गर्न सबैको एकता अपरिहार्य छ”, उहाँले भन्नुभयो, “गाउँपालिकामा कार्यरत निजामती कर्मचारी तथा शिक्षकलाई पनि पाँच÷पाँच दिनको सेवासुविधा कोषमा जम्मा गर्न आग्रह गरिएको छ ।”

साकेला गाउँपालिकामा शिक्षक सेवाअन्तर्गत २०० तथा निजामती कर्मचारीतर्फ ४० कार्यरत रहेको प्रशासन प्रमुख सुवास राईले जानकारी दिनुभयो । त्यसैगरी तावाताल निर्माणको लागि छुट्टिएको रु ७० लाख बजेटबाट २० प्रतिशत रकमसमेत रकमान्तर गरी सोही कोषमा राखिने भएको छ । आपतकालीन अवस्थामा खर्च गर्ने गरी उक्त कोषमा रकम रकमान्तर गरिने भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर राईले बताउनुभयो । गाउँपालिकाको कार्यालयमा भएको बैठकमा गाउँपालिका प्रमुख खड्काले घर गएका र कार्यालयमा अनुपस्थित भएका सबै कर्मचारीलाई आगामी दिनमा अनिवार्यरूपमा कार्यालयमै तैनाथ रहन निर्देशनसमेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य