२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुङ्गामा विदेशबाट फर्किएकामध्ये ४ क्वारेन्टाइनमा, २ आइसोलेशनमा

२० चैत्र २०७६, बिहीबार १०:५८

चैत २०, ओखलढुङ्गा । विदेशबाट फर्किएका १३३ मध्ये चार जना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेका छन् । बाँकी १२७ जना आफ्नो घरमा नै बसिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार विगत दुई साताको अवधिमा विदेशबाट १३३ जना जिल्ला फर्किएका छन् । तीमध्ये भारतबाट फर्किएका सिद्धिचरण नगरपालिकाका दुई किशोरीलाई ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ । 

जिल्ला प्रशासन कार्यालयको आग्रहमा जिल्लाका आठ वटै स्थानीय तहले आ—आफ्नो पालिकाभित्र हालसालै विदेशबाट फर्किएका नागरिकको खोजी गरिरहेका छन् । स्थानीय तह र स्वास्थ्य शाखामार्फत विदेशबाट फर्केका नागरिकको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । उहाँका अनुसार अहिले क्वारेन्टाइनमा नबस्नेलाई घरैमा १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । 

क्वारेन्टाइन व्यवस्थित नहुँदा र आवश्यक चेतनाको कमीका कारण विदेशबाट आएका १ सय २७ अधिकाँश व्यक्ति घरैमा बसेका छन् । उनीहरु खुल्ला रुपमा घरमै बस्दा सङ्क्रमणको जोखिम बढेको सुनकोशी गाउँपालिका—१० का वडाअध्यक्ष झनक कार्कीले बताउनुभयो । विदेशबाट आएका व्यक्ति स्वास्थ्य परीक्षण समेत नगरी घरैमा बसेका कारण गाउँघरमा सङ्क्रमणको त्रास बढेको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ