2026-09-19 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

गभर्नर पाएपछि जिल्लावासीमा खुशी

केदार मगर | चैत २५, खोटाङ | नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा जिल्लावासी महाप्रसाद अधिकारीलाई नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामनाको लहर चलेको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीस्थित बर्रे स्थायी घर भएका अधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले केन्द्रीय बैङ्कको गभर्नरमा नियुक्त गरेपछि उहाँका आफन्त तथा जिल्लावासी खुशी भएका हुन् । 

सरकारबाट गभर्नरमा नियुक्त हुनुभएपछि खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई  र खोटाङवासीले अधिकारीलाई बधाई तथा शुभकामना दिइरहेका छन् । भट्टराईले अधिकारी असाधारण व्यवसायिक क्षमता भएका, इमान्दारिता र निष्ठाका पर्याय तथा अनुभवका खानी भएको जनाउँदै खोटाङको साधारण परिवार र परिवेशमा जन्मेर आफ्नै मेहनत र परिश्रमले महत्वपूर्ण जिम्मेवारीमा पुगेर कुशलता प्रदर्शन गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।  

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य भट्टराईले इमानदारिताका साथ काम गर्न अधिकारीलाई सुझाव दिनुभयो । 

अधिकारीलाई पाँच वर्षे डेपुटी गभर्नर पदबाट बाहिरिएपछि सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । खोटाङको दक्षिणी क्षेत्रमा जन्मनुभएका अधिकारीले भारतबाट चाटर्ड एकाउन्टेन्स अध्ययन पुरा गर्नुभएको छ । 

सन् १९९४ मा राष्ट्र बैङ्कका उपनिर्देशक भइसक्नुभएका अधिकारीको कार्यकाल पाँच वर्षको रहनेछ । नवनियुक्त गभर्नर अधिकारीले खोटाङको सिम्पानी माविबाट विसं. २०३८ सालमा एसएलसी उत्तिर्ण गर्नुभएको थियो । 

काङ्ग्रेस सभापतिविरुद्ध भातृ सङ्गठन

नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठको अभिव्यक्तिप्रति भातृ सङ्गठनहरुले विरोध जनाएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईलाई अभद्र अभिव्यक्ति दिएको भन्दै विभिन्न दश भातृ सङ्गठनले विज्ञप्ति मार्फत् विरोध जनाएका हुन् ।

सभापति श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९)को आशंकामा कटारी अस्पतालमा आइसोलेसनमा बसेर भागेका र उनका आफन्तसहित नौँ जनालाई क्वारेन्टाइनमा नराख्न नगरप्रमुख राईमाथि दबाव दिँदै अभद्र अभिव्यक्ति दिएको भन्दै उक्त गतिविधि राजनीति र सामाजिक हितविपरीत भएको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराई, क्षेत्र नं १ का उपभासति लोकेन्द्र राजभण्डारी, तरुण दल अध्यक्ष भीषण राई, नेविसङ्घ अध्यक्ष राजकुमार बस्नेत, ट्रेड युनियन काँग्रेस अध्यक्ष कृष्ण आचार्य, नेपाल महिला सङ्घ अध्यक्ष रामकुमारी राई, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ अध्यक्ष मिलन कसजु, नेपाल प्रेस युनियन अध्यक्ष उत्तम चौलागाई, नेपाल स्वास्थ्यकर्मी सङ्घका प्रकाश घिमिरेलगायतले हस्ताक्षर गर्नुभएको छ ।

सभापति श्रेष्ठले भने “आन्तरिक विषयलाई लिएर केही व्यक्तिले बदनाम गर्ने काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “यसलाई पार्टीभित्रै छलफल गरेर समाधान गर्छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई