Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

घाँटीमा मासु अड्किएर मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख ७, सल्यान | </b>घाँटीमा मासु अड्किएर&nbsp; यहाँ एक जनाको मृत्यु भएको छ ।&nbsp; शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो ।&nbsp;&nbsp;<br></p><p>शनिबार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका उनको आज बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की उपचारका लागि बिहान अस्पताल पुर्याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nbsp;</p><p>शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीको भनाइ छ । गाउँमा झारफुक गरिसकेपछि बोक्सी भगाउने भन्दै बाख्रा काट्ने र राति नै मासु पकाएर खाने चलन&nbsp; छ । रासस</p>