पढ्न करिब 1 मिनेट लाग्छ
<p>वैशाख १४, सल्यान | यहाँ एक युवकलाई आफ्नै बाबुको हत्या गरेको अभियोग लागेको छ । सिद्ध कुमाख गाउँपालिका २ कुइयाझोलका २१ वर्षीय सुरज विकलाई शनिबार राति ५४ वर्षीय पिता बुदेको हत्या गरेको आरोप लागेको हो ।<br></p><p>अभियुक्त सुरजलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम भइरहेको प्रहरीले बताएको छ । सुरजलाई यही वैशाख १ गते आमाको पनि हात भाँचेको अभियोग लागेको छ । </p><p>मुचुल्कापछि शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी प्रमुख खतिवडाले बताउनुभयो । रासस</p>

