2026-07-24 10:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङी साग

हरि बाँस्तोला | वैशाख १६, पोखरा (रासस) | मुस्ताङको मार्फाली साग झट्ट सुन्दा पनि जोकोहीको मुख रसाउँछ । पोखरासहित देशका विभिन्न शहरका ठूलाठूला तारेहोटलमा यहाँका साग पुग्ने गरेको छ । प्रसिद्धी कमाएका थकाली भान्छाघरले पनि बढी मूल्य तिरेरै भए पनि यहाँको साग पाहुनालाई खुवाउने गरेका छन् । मुस्ताङमा उत्पादित साग दैनिक जोमसोम विमानस्थल हुँदै पोखरा आउने गरेको छ । पोखराबाट काठमाडौँलगायतका शहरमा पनि यहाँको साग पुग्छ । 

विश्वव्यापी फैलिएको कोरोना भाइरसको बढ्दो सङ्क्रमणसँगै विगत ३६ दिनयता जारी बन्दाबन्दीका कारण सागजन्य उत्पादनले बजार नपाउँदा यहाँका कृषक समस्यामा परेका छन् । कृषकले भोगिरहेको समस्यालाई दृष्टिगत गर्दै जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले कृषकलाई केही न केही राहत होस् भन्ने उद्देश्यले त्यहाँको साग खरिद गरी पोखरामा ल्याउनुभएको छ । मुस्ताङबाट आप्mनो निजी खर्चमा खरिद गरेर ल्याए पनि विष्टले उक्त साग कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई सम्भव भएसम्म निःशुल्क वितरण गर्दै आउनुभएको छ ।

यस अवधिमा दुई चरण गरी तीन हजार किलो साग मुस्ताङदेखि खरिद गरी ट्रकमा पोखरा ल्याएको बताउँदै उहाँले अग्रमोर्चामा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई साग वितरण गरेको जानकारी दिनुभयो । मुस्ताङका किसानको बारीबाट रु ३० प्रति किलोग्रामका दरले खरिद गरिएको साग प्रदेश राजधानी पोखरामा अत्यन्त संवेदनशील बन्नुपर्ने महामारीको यस क्षणमा अग्रमोर्चामा खटिनेका लागि आफूले केही हदसम्म भए पनि सहयोगस्वरुप प्रदान गरेको उहाँको भनाइ छ ।

घरपजोङ गाउँपालिकाको मार्फा क्षेत्रका लगभग ५० विपन्न घरपरिवारले उत्पादन गरेको मार्फाको साग उपल्लो मुस्ताङका ट्रक व्यवसायीको निःशुल्क ढुवानी सहयोगले पोखरा बजारसम्म ल्याउन सकेको बताउँदै प्रदेशसभा सदस्य विष्टले भन्नुभयो, “यो सिजन सागको हो, मार्फा क्षेत्रमा अहिले पनि पाँच हजार किलोभन्दा बढी उत्पादित साग रहेको छ ।”

नरम, लयालु छिटो पाक्ने र स्वादिष्ट ‘हाइअल्टिच्युट’मा उत्पादित जैविक मार्फाको साग सामान्य अवस्थामा हवाईजहाजमा किलोको रु ५० शुल्क तिरेर पोखराको बजारमा रु १०० देखि रु १५९ सम्ममा बिक्री हुँदै आएको थियो । उपल्लो मुस्ताङका ट्रक व्यवसायी वाङजी गुरुङले खाद्यान्न सामग्री लिएर गएकोे र फर्कने क्रममा आप्mनै जनप्रतिनिधिको आग्रहमा मार्फाको साग निःशुल्क पोखरासम्म ढुवानी गरेको बताउनुभयो ।

मुस्ताङबाट लोड गरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्र अगाडिबाट साग वितरण गरिरहेको अवस्थामा भेटिएका ग१अ ५१३८ नंको ट्रकका साहुसमेत रहनुभएका उहाँले भन्नुभयो, “बन्दाबन्दीका कारण अप्ठ्यारोमा परेकालाई आ–आप्mनो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्दछ भन्ने सोचले निःशुल्क ढुवानीको व्यवस्था गरेको हुँ ।”

यसअघि पहिलोपटक किमी गुरुङको सहयोगमा दुई हजार किलो साग पोखरामा ल्याएर वितरण गरिएको थियो भने माथिल्लो मुस्ताङमा रहेको अन्य ट्रकले समेत आवश्यकतानुसार मुस्ताङबाट पोखरासम्म लाने कृषिजन्य सामग्री निःशुल्क ढुवानी गर्ने प्रतिबद्धता जनाएको प्रदेशसभा सदस्य विष्टले राससलाई बताउनुभयो । 

हिमालपारिको जिल्ला मुस्ताङको सिमी, स्याउ, च्याङग्रालगायका विभिन्न उत्पादन एवं उत्पादित वस्तुबाट बनेका परिकारको स्वदेश तथा विदेशमा अत्यधिक माग हुने गरेको स्थानीयवासी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक