2026-10-29 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङी साग

हरि बाँस्तोला | वैशाख १६, पोखरा (रासस) | मुस्ताङको मार्फाली साग झट्ट सुन्दा पनि जोकोहीको मुख रसाउँछ । पोखरासहित देशका विभिन्न शहरका ठूलाठूला तारेहोटलमा यहाँका साग पुग्ने गरेको छ । प्रसिद्धी कमाएका थकाली भान्छाघरले पनि बढी मूल्य तिरेरै भए पनि यहाँको साग पाहुनालाई खुवाउने गरेका छन् । मुस्ताङमा उत्पादित साग दैनिक जोमसोम विमानस्थल हुँदै पोखरा आउने गरेको छ । पोखराबाट काठमाडौँलगायतका शहरमा पनि यहाँको साग पुग्छ । 

विश्वव्यापी फैलिएको कोरोना भाइरसको बढ्दो सङ्क्रमणसँगै विगत ३६ दिनयता जारी बन्दाबन्दीका कारण सागजन्य उत्पादनले बजार नपाउँदा यहाँका कृषक समस्यामा परेका छन् । कृषकले भोगिरहेको समस्यालाई दृष्टिगत गर्दै जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले कृषकलाई केही न केही राहत होस् भन्ने उद्देश्यले त्यहाँको साग खरिद गरी पोखरामा ल्याउनुभएको छ । मुस्ताङबाट आप्mनो निजी खर्चमा खरिद गरेर ल्याए पनि विष्टले उक्त साग कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई सम्भव भएसम्म निःशुल्क वितरण गर्दै आउनुभएको छ ।

यस अवधिमा दुई चरण गरी तीन हजार किलो साग मुस्ताङदेखि खरिद गरी ट्रकमा पोखरा ल्याएको बताउँदै उहाँले अग्रमोर्चामा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई साग वितरण गरेको जानकारी दिनुभयो । मुस्ताङका किसानको बारीबाट रु ३० प्रति किलोग्रामका दरले खरिद गरिएको साग प्रदेश राजधानी पोखरामा अत्यन्त संवेदनशील बन्नुपर्ने महामारीको यस क्षणमा अग्रमोर्चामा खटिनेका लागि आफूले केही हदसम्म भए पनि सहयोगस्वरुप प्रदान गरेको उहाँको भनाइ छ ।

घरपजोङ गाउँपालिकाको मार्फा क्षेत्रका लगभग ५० विपन्न घरपरिवारले उत्पादन गरेको मार्फाको साग उपल्लो मुस्ताङका ट्रक व्यवसायीको निःशुल्क ढुवानी सहयोगले पोखरा बजारसम्म ल्याउन सकेको बताउँदै प्रदेशसभा सदस्य विष्टले भन्नुभयो, “यो सिजन सागको हो, मार्फा क्षेत्रमा अहिले पनि पाँच हजार किलोभन्दा बढी उत्पादित साग रहेको छ ।”

नरम, लयालु छिटो पाक्ने र स्वादिष्ट ‘हाइअल्टिच्युट’मा उत्पादित जैविक मार्फाको साग सामान्य अवस्थामा हवाईजहाजमा किलोको रु ५० शुल्क तिरेर पोखराको बजारमा रु १०० देखि रु १५९ सम्ममा बिक्री हुँदै आएको थियो । उपल्लो मुस्ताङका ट्रक व्यवसायी वाङजी गुरुङले खाद्यान्न सामग्री लिएर गएकोे र फर्कने क्रममा आप्mनै जनप्रतिनिधिको आग्रहमा मार्फाको साग निःशुल्क पोखरासम्म ढुवानी गरेको बताउनुभयो ।

मुस्ताङबाट लोड गरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्र अगाडिबाट साग वितरण गरिरहेको अवस्थामा भेटिएका ग१अ ५१३८ नंको ट्रकका साहुसमेत रहनुभएका उहाँले भन्नुभयो, “बन्दाबन्दीका कारण अप्ठ्यारोमा परेकालाई आ–आप्mनो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्दछ भन्ने सोचले निःशुल्क ढुवानीको व्यवस्था गरेको हुँ ।”

यसअघि पहिलोपटक किमी गुरुङको सहयोगमा दुई हजार किलो साग पोखरामा ल्याएर वितरण गरिएको थियो भने माथिल्लो मुस्ताङमा रहेको अन्य ट्रकले समेत आवश्यकतानुसार मुस्ताङबाट पोखरासम्म लाने कृषिजन्य सामग्री निःशुल्क ढुवानी गर्ने प्रतिबद्धता जनाएको प्रदेशसभा सदस्य विष्टले राससलाई बताउनुभयो । 

हिमालपारिको जिल्ला मुस्ताङको सिमी, स्याउ, च्याङग्रालगायका विभिन्न उत्पादन एवं उत्पादित वस्तुबाट बनेका परिकारको स्वदेश तथा विदेशमा अत्यधिक माग हुने गरेको स्थानीयवासी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ