२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जस लिन होडबाजी

१७ बैशाख २०७७, बुधबार ०३:४७

वैशाख १७, सोलुखुम्बु | लकडाउनका कारण विभिन्न कारणले काठमाडौँलगायतका क्षेत्रमा रोकिएका नागरिकको उद्धार कार्यको राजनीतिक जस लिने सवालमा सोलुदुधकुण्ड नगरपालिकामा प्रतिस्पर्धा देखिएको छ । सङ्कटको घडीमा गरिएको नागरिक उद्धारमा नगरपालिका प्रमुख पक्ष र उपप्रमुख पक्षबीच जस लिने होडबाजी चलेको हो ।

उपप्रमुख कल्पना राईले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा लकडाउनमा अलपत्र ६३३  नागरवासीको आफ्नो नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको दाबी गरिएको छ । नागरिकको उद्धारमा सहयोग र समन्वय गर्नेसमेतलाई धन्यवाद दिइएको छ ।

विज्ञप्तिको खण्डन गर्दै नगर प्रमुख नाम्गेल जाङबु शेर्पा पक्षले मङ्गलबार अर्को विज्ञप्ति जारी गरेको छ । नगरप्रवक्ता शारदामाया तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा ९६ जना आफ्नै पहलकदमीमा, ३६० जना निजी खर्चमा र ४३९ जना नगर प्रमुख शेर्पाको व्यक्तिगत खर्चबाट उद्धार गरी नगरपालिका ल्याइएको उल्लेख छ । विज्ञप्तिमा विपद्को घडीमा सामूहिकरूपमा राहत र उद्धारमा खटिनुको सट्टा उपप्रमुख राईले कोठाभित्र बसेर ६३३ जनाको उद्धार गरेको भन्ने भ्रमपूर्ण र आधारहीन समाचारप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएकोसमेत उल्लेख गरिएको छ । 

यद्यपि उपप्रमुख पक्षले भने उद्धार गरिएको नागरिकको सम्पूर्ण विवरण उल्लेख गर्ने दावी गरेको छ । नागरिकको उद्धार गरिरहँदा भएको सम्पूर्ण गतिविधिको प्रमाण पेश गर्न आफूहरु तयार रहेकोसमेत उनीहरुले सामाजिक सञ्जालमा दावी गरिरहेका छन् । 

जिल्लाको आठवटै स्थानीय तहको नागरिकलाई जिल्लामा ल्याउने सवालमा सांसद हेमकुमार राईले विशेष पहल गरेको बताउनुभएको छ । उहाँका अनुसार करिब तीन हजार ८०० नागरिकलाई जिल्ला ल्याइएको छ । उहाँले जिल्लाका नागरिकलाई उद्धार गर्न सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभएको छ ।

गाउँपालिका केन्द्रसम्म सडक सञ्जाल नपुगेको खुम्बुपासाङल्हामु गाउँपालिकाले यही वैशाख ३ गते कार्यपालिकाको बैठक बोलाएर नागरिकको उद्धार गर्ने निर्णय गरेको थियो । सो गाउँपालिकाले ३४० नागरिकको उद्धार गरेको छ । थुलुङदुधकोशी गाउँपालिकाले पनि वैशाख ८ गते सम्पन्न कार्यपालिका बैठकले पालिकाबाहिर असहज अवस्थामा रहेका नागरिकलाई उद्धार गर्ने निर्णय गरेको थियो । सो गाउँपालिकाले सबैभन्दा धेरै एक हजार १९८ जना नागरिकको उद्धार गरेको छ । अन्य स्थानीय तहको तुलनामा व्यवस्थित ढङ्गबाट आफूहरुले नागरिकको उद्धार गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । विभिन्न स्थानीय तहले कार्यपालिका बैठकबाट निर्णय गराएर राहत तथा उद्धार कार्य थालनी गरेको भए पनि जिल्लाको एक मात्र नगरपालिकाले यस सम्बन्धमा निर्णय गरेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ