2026-06-28 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भान्सामा छैनः बारीको तरकारी गाईवस्तुलाई

जेठ ११, रोल्पा | सदरमुकामदेखि करीब १० किलोमिटर टाढाको गाउँबाट डोकामा तरकारी बोकेर पैदल आउनुभएका रामकुमारी घर्तीले बजारभरि तरकारी डुलाउँदा पनि बिक्री भएन । अधिकांश तरकारी पसल बन्द भएका र सदरमुकाममा बसोबास गर्ने उपभोक्ता पनि गाउँ फर्किसकेकाले उहाँ त्यत्तिकै गाउँ फर्कनुभयो ।

पिँठ्यूमा डोकोभरिको तरकारी र  घाँटीमा  तराजु भिर्नुभएका उहाँले भन्नुभयो,  “सस्तै मूल्यमा भए  बिक्री गर्न खोज्दा पनि भएन, त्यति टाढाबाट थोरै भए पनि पैसा पर्छ कि भनेर बोकेर ल्याएँ, अब घर लगेर भैँसीलाई दाना बनाई दिनुपर्ला ।” 

रोल्पा नगरपालिका वडा नं ४ लिवाङ निवासी विष्णु बुढालाई साँझबिहान के तरकारी पकाऊँ भन्ने चिन्ताले दिनदिनै पिरोल्छ । बाहिर बजारमा सुनसान सडक, सबै पसल बन्द, एकाबिहानै उहाँले घरको छतबाट बाहिर सडकतिर कसैले तरकारी बेच्न ल्याउँछ कि भनेर हेर्दा पाउनुभएन ।  सदरमुकाम लिवाङमा तरकारी पसल गर्दै आउनुभएका गोमा पुन झण्डै दुई महिनादेखि पसल बन्द गरेर बस्नुभएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले बजारमा चहलपहल नभएकाले  व्यापार नभएपछि पसल बन्द गर्नुपरेको उहाँको भनाइ  छ । पुनले भन्नुभयो, “तरकारी डोकोमा सस्तोमा त आउँछ, तर राखेर के गर्नू, बिक्री हुँदैन, यहाँ पनि कुहिएरै जाने हो ।” 

यस्तै सदरमुकाममा तरकारी तथा फलफूलको व्यापार गर्ने जुना पुनले पनि झण्डै दुई महिनादेखि पसल बन्द गर्नुभएको छ । बाहिरबाट आउने तरकारी र फलफूल किन्दा कोरोना संक्रमणको जोखिम हुने त्रासले पसल बन्द गर्नुपरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पसल खोलेर के गर्नू, व्यापार पनि छैन, आफू पनि सुरक्षित हुनुपर्यो ।” 

सदरमुकाममा बसोबास गर्ने मानिसहरु बजार आसपासका किसानले डोकामा बोकेर ल्याएको तरकारी प्रयोग गर्छन् । बन्दाबन्दीले गर्दा जिल्ला सदरमुकाममा जिल्ला बाहिरबाट बेमौसमी तरकारी र  फलफूल आउनेक्रम रोकिएपछि अहिले लिवाङ बजारका तरकारी पसल प्रायः बन्द छन् ।  बन्दाबन्दीअघि तरकारी व्यापारीहरु खरीद गर्नका लागि कृषककै बारीमा आउने गरेको नगरपलिका वडा नं २ का कृषक गौरी केसी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले थोक तथा फुटकरमै बारीमै बिक्री हुन्थ्यो, अहिले घरघरमा डुलाउँदा पनि बिक्री हुँदैन, मैले त अब बजारमा लैजान पनि छाडेँ ।”

द्वन्द्वका बेला गाउँमा बस्ने वातावरण नभएपछि सदरमुकाममा आएर बजार नजीकैका बाँझो जमीन भाडामा लिई तरकारी खेती गर्नेको सङ्ख्या रोल्पामा धेरै छ ।  रसोलाबाङ, थलिबाङ, काभ्रेखर्क, धनमुडा, कालिबाटी, मूलपानी, देउराली, मेवाङ र माडीचौरलगायत स्थानमा किसानले मुख्य बालीका रुपमा तरकारी खेती गर्दै आएका छन् । बजार आसपासका कृषकले उत्पादन गरेको तरकारीले नै सदरमुकाम लिबाङमा माग धानेको छ । 

बन्दाबन्दीका कारण आफूले उत्पादन गरेको तरकारीले बजार नपाउँदा जीविकोपार्जनमा समस्या थपिएको किसानको गुनासो छ । किसानको खेतबारीमा अहिले  प्याज, टमाटर, सिमी, लसुन, बन्दा, काउली, साग, आलुलगायत तरकारी उत्पादन हुने गरेका छन् । बारीमा उत्पादित तरकारीले बजार नपाउँदा किसानहरु घरपालुवा जनावरलाई खुवाउन बाध्य छन् ।  सदरमुकाम लिवाङ बजारबासी भने ताजा फलफूल र तरकारी नपाउँदा दिक्क बनेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी