२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासी (बर्दघाट सुस्तापूर्व) र रुकुम(पूर्व) सदरमुकामको पूर्वाधार निर्माण अघि बढाइने

१५ जेष्ठ २०७७, बिहीबार १५:५२

जेठ १५, नवलपरासी | बढ्दो शहरीकरणबाट सिर्जित चुनौतीको सामना गर्न राष्ट्रिय शहरी विकास रणनीति र एकीकृत शहरी पूर्वाधार विकास गुरुयोजनाको कार्यान्वयन गर्दै सुरक्षित र दिगो शहर निर्माण अघि बढाउने लक्ष्य बजेटले लिएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व) र रुकुम(पूर्व) जिल्ला सदरमुकामको पूर्वाधार निर्माण अघि बढाइने भएको छ । मध्यपहाडी लोकमार्गले जोड्ने सुविधायुक्त नयाँ १० शहर निर्माण गर्न रु दुई अर्ब बजेट विनियोजन भएको छ । शहरी कोरिडोर आयोजनाअन्तर्गत हालसम्म शुरु गरिएका क्षेत्रको विस्तृत सम्भाव्यता अध्ययन गरी मेगा सिटी निर्माण आरम्भ गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

आगामी आर्थिक वर्ष शहरी पूर्वाधार एवं विकासका लागि सरकारले रु ३७ अर्ब ८० करोड विनियोजन गरेको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थ मन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा शहरी पूर्वाधार विकासका लागि रु दुई अर्ब बजेट विनियोजन गरिएको छ । 

तीन वर्षभित्र खर र फुसका छाना प्रतिस्थापन गरिने

 सार्वजनिक निजी साझेदारीमा काठमाडौँ उपत्यकामा चार उपशहर निर्माण गर्ने कार्यक्रम छ । नागरिकको सुरक्षित आवासको हक सुनिश्चित गर्न तीन वर्षभित्र सबै खर र फुसका छाना भएका घर प्रतिस्थापन गर्ने नीति सरकारले लिएको छ । आगामी वर्ष थप एक लाख सुरक्षित घर निर्माण गर्ने गरी रु तीन अर्ब ५० करोड बजेट छुट्याइएको छ । 

जोखिममा रहेका आवासलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेशमार्फत सञ्चालित जनता आवास कार्यक्रम पनि यथावत् रहने जनाइएको छ । सुर्खेत, बर्दिया, दाङलगायत तराई– मधेश तथा पहाडी जिल्लाका बाढीपहिरामा परी घरबार गुमाएका परिवारका लागि सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिने भएको छ । 

शहरी पूर्वाधारको एकीकृत विकास गर्न सञ्चालित सघन शहरी विकास कार्यक्रम गर्न आगामी आवका लागि रु नौ अर्ब  ६० करोड बजेट विनियोजन भएको छ । सङ्घीय संसद् भवन निर्माणलाई निरन्तरता एवं सुदूरपश्चिम प्रदेशको शहरी पूर्वाधार विकासका लागि पनि कार्यक्रमको व्यवस्था गरिएको छ । अन्य प्रदेशमा पनि शहरी पूर्वाधार विकासका काम गरिने जनाइएको छ ।

आगामी आवमा ललितपुरको गोदावरीमा निर्माणाधीन तीन हजार क्षमताको सभाकक्ष निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको छ । भक्तपुरमा सम्भाव्यताका आधारमा पाँच हजार क्षमताको आधुनिक सभागृह निर्माण थालनी गर्ने लक्ष्य पनि आगामी आर्थिक वर्षमा हुने भएको छ । बुटवलमा निर्माणाधीन अन्तरराष्ट्रिय सम्मेलन केन्द्र र अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्र एवं चितवनको सिटी हल निर्माणलाई पनि निरन्तरता दिइने लक्ष्य छ । यसैगरी महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र निर्माण सम्पन्न पनि आगामी आवमै हुने भएको छ । सम्मेलन केन्द्र निर्माण सम्पन्न भएपछि सार्वजनिक निजी साझेदारीमा सञ्चालन गरिने जनाइएको छ । 

शहरी पूर्वाधार विकास निगमको अवधारणा

सातै प्रदेशका २९ शहरमा शहरी पूर्वाधार विकास कार्यक्रम सञ्चालन हुने भएको छ । चार स्थानीय तहमा क्षमता विकास कार्यक्रम सञ्चालन गर्न रु एक अर्ब ८० करोड बजेटको व्यवस्था भएको छ । नगर विकास कोषलाई शहरी पूर्वाधार विकास निगमका रुपमा पुनर्संरचना गरी शहरी पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने पूँजी परिचालन गर्ने संस्थाका रुपमा विकास गर्ने प्रबन्ध बजेटमा मिलाइएको छ । 

सरकारी भवनको डिजाइन, क्षेत्रफल तथा लागतसम्बन्धी मापदण्ड तयार गरिने भएको छ । ठूला र जटिल पूर्वाधार आयोजनाको प्राविधिक उपयुक्तता पुनरवलोकन गर्ने तथा भवन संहिता र भवन निर्माण मापदण्ड कार्यान्वयनको प्रभावकारी नियमन गर्ने व्यवस्था पनि बजेटमा मिलाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु