२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मादक पदार्थ सेवन गरि क्वारेन्टिनको सम्पर्कमा गएपछि वडाध्यक्ष पनि क्वारेन्टाइनमा

२२ जेष्ठ २०७७, बिहीबार ०३:४०

जेठ २२, खोटाङ | हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधबारदेखि क्वारेन्टिनमा राखेका हुन् । 

मङ्गलबार दिउँसैदेखि मादक पदार्थ सेवन गरेका वडाध्यक्ष पुरीले झापाबाट आएर वडा कार्यालयले बनाएको क्वारेन्टिनमा बसेका एक युवकको मोबाइलसमेत खोसेको स्थानीय बासिन्दाको आरोप छ । “दैनिक मादक पदार्थ सेवन गरेर बस्नुहुने वडाध्यक्ष पुरीले मातेको झोँकमा गए राति क्वारेन्टिनमा बसेकालाई हप्काउनुका साथै एक युवकको मोबाइलसमेत खोसेर लानुभएको छ”, एक स्थानीय बासिन्दाले भने, “क्वारेन्टिनमा बसेकाहरुसँगको सम्पर्कमा जानुभएका वडाध्यक्ष पुरीबाट कोरोना भाइरसको सङ्क्रमण सर्ने खतरा भएकाले उहाँलाई नै क्वारेन्टिनमा राखिएको हो ।”

वडाध्यक्ष पुरीले गएराति क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत हप्कीदप्की गरेको प्रत्यक्षदर्शीले बताएका छन् । अधिकांश समय मादक पदार्थ सेवन गरेर बस्ने वडाध्यक्ष पुरीले कार्यालयमा खटिएका कर्मचारीलाई आफ्नै घरमा आएर हाजिर गर्न लगाउने गरेको एक कर्मचारीले बताएका छन् । वडाध्यक्ष पुरीलाई बुधबारबाट १४ दिनसम्म क्वारेन्टिनमा राखिने नगरप्रमुख इवन राईले बताउनुभयो । “हामीले लागू गरेको नियम सबैलाई लागू हुन्छ”, उहाँले भन्नुभयो, “वडाध्यक्ष पुरीले नियम उलङ्घन गर्नुभएकाले उहाँलाई नगरपालिकाकै तर्फबाट १४ दिनसम्म क्वारेन्टिनमा राखिएको हो ।” 

एघार वडा कार्यालय रहेको नगरपालिकाको विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टिनमा अहिले नौ जना रहेको नगरपालिकाको स्वास्थ्य सहसंयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । क्वारेन्टिनमा बस्ने व्यक्तिको स्वास्थ्योपचार तथा खानाको व्यवस्था नगरपालिकाले गर्ने गरेको जनाइएको छ । एक सङ्क्रमित युवक भेटिएको उक्त नगरपालिकामा ११४ स्थानीय बासिन्दाको स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गरिएको जनाइएको छ । काठमाडौँबाट उद्धार गरेर ल्याइएका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनको परिवार तथा उनीसँगै बसमा यात्रा गरेर आएकाहरुको स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । 

सङ्क्रमित युवकको विराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको नगरपालिकाले जनाएको छ । उपचाररत युवकको अवस्था अहिलेसम्म सामान्य रहेको नगरस्वास्थ्य सहसंयोजक घिमिरेले जानकारी दिनुभएको छ । दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिकाका एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अन्य स्थानीय तहमा समेत उच्च सतर्कता अपनाइएको छ । जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रको प्रवेश नाका पूर्णरुपमा बन्द गरेको छ भने परीक्षणलाई तीव्रता दिएका छन् । 

जिल्लाका चार स्थानीय तहका १७ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । ऐसेलुखर्क गाउँपालिकामा आठ, जन्तेढुङ्गा गाउँपालिकामा पाँच, दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकामा दुई–दुई गरी १७ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो । आरडिटी रिपोर्ट पोजेटिभ देखिएका १७ सहित ३९ जनाको स्वाब सङ्कलन गरेर परीक्षणमा विराटनगर तथा काठमाडौँ पठाइएको पिसीआर रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा शैलेस श्रेष्ठले बताउनुभयो । जिल्लामा हालसम्म ९५१ जनाको आरडिटी र २४८ जनाको पिसीआर परीक्षण गरिएको मेडिकल अधिकृत डा श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य