साउन ८, सल्यान । सल्यानमा भएको १ दिने आँखा शिविरमा २ सय ७१ जनाले उपचार सुविधा लिएका छन । श्रीनगरमा भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, सल्यान । सल्यानमा भएको १ दिने आँखा शिविरमा २ सय ७१ जनाले उपचार सुविधा लिएका छन । श्रीनगरमा भएक"/>
२२ मंसिर २०८२, आईतवार
समाज

सल्यान श्रीनगरमा १ दिने आँखा शिविर सम्पन्न, ४७ जनाको अप्रेशन

८ श्रावण २०७३, शनिबार ०२:०५

साउन ८, सल्यान । सल्यानमा भएको १ दिने आँखा शिविरमा २ सय ७१ जनाले उपचार सुविधा लिएका छन । श्रीनगरमा भएको शिविरमा १ सय २९ जना पुरुष र १ सय ४२ जना महिलाले उपचारको सुविधा लिएका हुन ।

एकातिर बर्षा र अर्कोतिर कामको चापमा पनि उल्लेख्य सहभागिता भएको आयोजकले जनाएको छ । सहभागी मध्ये ४७ जनाको मोतिविन्दुको अप्रेशन गरिएको छ भने अन्यलाई आँखाको क्षमता अनुसारको चस्मा तथा औषधी प्रयोग गरिएको छ । एक दिने शिविरमा यति धेरै आँखाका विरामी आएको सल्यानमा पहिलो पटक भएको र यतिधेरै मात्रामा आँखाका विरामी हुनुले आँखाका विरामीको मात्रा अझै हुनसक्ने स्वास्थ्यकर्मीले जनाएका छन । डाक्टर मोनिका कर्मचार्यको नेतृत्वमा १४ स्वास्थ्यकर्मीले शिविरमा सुविधा दिएका हुन ।

राप्ती आँखा अस्पताल दाङ्गको आयोजना तथा आँखा उपचार केन्द्र शितलपाती र नेपाल रेडक्रस सोसाइटी सल्यानको स्थानिय व्यवस्थापनमा कार्यक्रम भएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य