2026-09-12 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रेडजोन दैलेखमा रोजगारीका कार्यक्रम

असार १७, दैलेख | दैलेखका ११ वटै स्थानीय तहमध्ये सात पालिकाले यही असार १० गतेभित्रै नीति तथा कार्यक्रम ल्याए पनि चार पालिका असार १६ गतेसम्म  कार्यक्रम ल्याउनमै व्यस्त छन् । सबै तहले असार २४ गतेसम्म ल्याइसक्ने छन् । 

 कोरोना संक्रमणले दैलेख अहिले पनि रेडजोनमा परेको छ । यसै सन्दर्भलाई बजेटमा बढी प्राथमिकतामा राख्ने र श्रम तथा रोजगारका कार्यक्रम बढी प्रभावकारी बनाउने आशा गरेका स्थानीय बासिन्दाले पुरानै नीति तथा कार्यक्रमलाई बढी प्राथमिकता दिइएकामा असन्तुष्टि व्यक्त गरेका छन् । 

महाबु गाउँपालिकाले रु ३७ करोड ४५ लाखको बजेट सार्वजनिक गरेको छ ।  बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक पूर्वाधार, श्रमसँग रोजगारी र कोरानामा आधारित कार्यक्रमलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाहीले बताउनुभयो ।  शुरुमै आफ्नो कार्यालय भवन बनाएको महाबुले १५ शय्याको अस्पताल बनाएर स्वास्थ्य सुधार गर्ने जनाएको छ । अहिले पालिकामा बेरोजगार धेरै भित्रिएकाले ‘अध्यक्ष रोजगार कार्यक्रम’लाई प्रभावकारी बनाइने अध्यक्ष शाहीले बताउनुभयो । 

दुल्लु नगरपालिकाले रु ८० करोड ४३ लाख ६६ हजारको बजेट ल्याएको छ । स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको नगर प्रमुख घनश्याम भण्डारीले बताउनुभयो । गुराँस गाउँपालिकाले  ल्याएको रु ४६ करोड १० लाख २५ हजार बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि र युवा स्वरोजगारलाई प्राथमिकता राखेको छ ।

यस्तै चामुण्डा बिन्द्रासैनी नगरपालिकाले रु ५० करोड बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृृषि, पूर्वाधार र कोरोनाकेन्द्रित बजेट ल्याएको  नगर प्रमुख सूर्यबहादुर  शाहीले बताउनुभयो । नारायण नगरपालिकाले रु ४९ करोड २० लाख ९ हजार १४० को बजेट ल्याएकामा स्वास्थ्य, शिक्षा, कृषि, रोजगार, पूर्वाधार र पर्यटनमा जोड दिएको छ । 

भगवतीमाई गाउँपालिकाले रु ५३ करोड २८ लाख ४१ हजार ९३०  सार्वजनिक गरेको बजेटमा स्वरोजगार, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता दिएको छ । आठबीस नगरगालिकाले रु ३२ करोड ३९ लाख बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । नौमूले गाउँपालिकाले रु ४१ करोडको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, रोजगारइ, कृषि र पूर्वाधारलाई प्राथमिकता दिएको छ ।

यस्तै भैरवी, ठाँटिकाँध र डुङ्गेश्वर गाउँपालिकाले यही असार १० गते नीति, कार्यक्रम ल्याए पनि बजेट  अहिलेसम्म सार्वजनिक गर्न सकेका छैनन् । भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले प्रतिपक्षको अवरोधका कारण बजेट आउन नसकेको बताउनुभयो । 

नेपाल मानवअधिकार सङ्गठन दैलेखका अध्यक्ष दीर्घराज अधिकारीले कोरोना कहरले थलिएका अवस्थामा भारतबाट दैलेख आएका अधिकांश युवालाई गाउँमै रोजगारी दिने तथा हरेक वडा र बस्तीमा हुने विकास कार्यक्रममा  स्थानीय बासिन्दालाई  ८० प्रतिशत सहभागिता सुनिश्चित नगरेसम्म स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न नसकिने जिकिर गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह