2026-06-17 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्धुपाल्चोकका लागि उडेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो

असार २५, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा सहितको टोली खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धुलिखेलबाटै काठमाडौँ फर्किएको छ । सिन्धुपाल्चोक जिल्लामा बाढीले पुर्याएको क्षतिको अवलोकन एवं जानकारी लिन आज बिहान उहाँ सहितको टोली त्यसतर्फ हेलिकप्टरमा जाँदै थियो । 

मौसम प्रतिकुलताका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसे जान नसकेपछि धुलिखेलको आकाशबाटै फर्किएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । मौसम अनुकूल भएपछि टोली बाढी प्रभावित क्षेत्र प्रस्थान गर्नेे छ । सभामुख सापकोटाको बुधबार मात्रै आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । 

यसैबीच नेपाली सेनाको उद्धार टोलीसमेत बाढी प्रभावित क्षेत्रमा गएको सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । अविरल वर्षासँगै गएको पहिरो तथा बाढीबाट बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ