२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुङ्गामा गाउँपालिकामा आक्रमण गर्ने १३ जना पक्राउ

३१ असार २०७७, बुधबार १४:३०

असार ३१, ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिकामा तोडफोड गर्ने र गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि र कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा १३ जना पक्राउ परेका छन् ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेललगायत जनप्रतिनिधि र कर्मचारीलाई कार्यालय समयमा कार्यालयमै आएर हातपात समेत गरेको आरोपमा पक्राउ पर्नेहरु सोही गाउँपालिका वडा नं ४ का १३ जना पुरुषहरु पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा लिखु गाउँपालिका­४ का दीपक बस्नेत, भारती मगर, निर्मला थापा, दीपक थापा, दीपेन्द्र खड्का, विश्वास खत्री, पारस खड्का, अरुण कार्की, दलबहादुर थापा, निलबहादुर कार्की, राजु कार्की, लक्ष्मण कार्की र दीपराज खड्का छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले उनीहरुलाई पक्राउ गरी ओखलढुंगा सदरमुकाम ल्याएको छ ।

प्राप्त उजुरीका आधारमा प्रहरीले आरोपितहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपेश खड्काले बताउनुभयो । ‘‘घटनाका विषयमा उजुरी आएपछि हामीले १३ जनालाई पक्राउ गरेर जिल्ला ल्याएका छौं ।’’ खड्काले भन्नुभयो, ‘‘१० दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिसकिएको छ ।’’ बुधबार म्याद थप गरिएपछि उनीहरुलाई हिरासतमा राखिएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमाथि हातपात गरेको, गाउँपालिकाको प्रशासनिक भवन तोडफोड गरेको, भौतिक संरचनामा क्षति गरेकोसहितका विषय उल्लेख गरेर छानविनको माग गर्दै लिखु गाउँपालिकाले अमानसवय एवम् गैरजिम्मेवार कार्य गर्ने विरुद्ध कानून अनुसार अघि बढ्ने निर्णय गरेको थियो ।

सो निर्णयका आधारमा गाउँ कार्यपालिका सदस्य मावर सुनुवारले प्रहरीमा उजुरी दिनुभएको हो ।  गएको असार ११ गते भएको लिखु गाउँपालिकाको एम्बुलेन्स दुर्घटनाको विषय र स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा विवाद बढेको थियो । सोही लगत्तै स्थानीयले गाउँपालिकामा तोडफोड गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुमा सभा सकिएपछि आफैँ सडक सफा गरे नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे  राजतन्त्रको औचित्य छैन : माधवकुमार नेपाल