२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा पहिरोको कारण क्षति

६ श्रावण २०७७, मंगलवार ०३:५२

साउन ६, भोजपुर | लगातारको वर्षाका कारण पहिरो जाँदा भोजपुर जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ । पहिरोका कारण पौवादुङमा गाउँपालिका–५ सानोदुम्मा टीकाराम तामाङको घर पूर्णरुपमा क्षति भएको छ भने सोही वडाका चौहानबारीका जङ्गबहादुर तामाङको भान्साघर पुरिएको प्रहरीले जनाएको छ ।

टीकारामको घरको गाह्रो भत्किँदा तामाङको पाँच कुखुरा मरेका छन् । घर भत्किएपछि उनको परिवार स्थानीय गजेन्द्र तामाङको घरमा गई बसेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिनुभयो । यस्तै वर्षाका कारण आम्चोक गाउँपालिका–१० पाङ्चामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको पर्खाल भत्किँदा विद्यालयको शौचालयको सेफ्टीट्याङ्की पूर्णरूपमा क्षति भएको छ । त्यस्तै रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको स्वास्थ्यचौकीको पनि पर्खाल लडेको छ । पर्खाल लडेपछि प्रहरी चौकी वैकुण्ठे जाने भित्री सडक अवरुद्ध भएको छ ।

यसैबीच अरुण गाउँपालिका–४ ओदानेमा पहिरोका कारण बन्द भएको मध्यपहाडी लोकमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको छ । सोमबार सडकभन्दा माथिबाट पहिरो झरेर अवरोध बनेको राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको हो । पौवादुङ्मा गाउँपालिका–२ स्थित तिवारीभञ्ज्याङमा पनि पहिरोका कारण बन्द भएको मध्यपहाडी लोकमार्गको सडक एकतर्फीरूपमा सञ्चालनमा आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ