2026-08-24 03:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचथरमा स्थानीय विकास निर्माणमा बन्दाबन्दीको असर सामान्य

रवीन्द्र काफ्ले । साउन ७, पाँचथर । जिल्लास्थित सरकारी निकाय तथा स्थानीय तहका प्रारम्भिक तथ्याङ्कले विकास निर्माणमा बन्दाबन्दीले ठूलो प्रभाव नपरेको देखिएको हो । यहाँका आधा दर्जन स्थानीय तह र सोही सङ्ख्यामा प्रदेश सरकार मातहतका कार्यालयले अघिल्लो आर्थिक वर्षकै हाराहारीमा गत आवमा योजना तथा कार्यक्रमलाई पूर्णता दिन सफल भएको जनाएका छन् । 

जिल्ला समन्वय समिति पाँचथरले फिदिममा आयोजना गरेको समीक्षा कार्यक्रममा फिदिम नगरपालिका तथा याङवरक, फालेलुङ, तुम्बेवा, कुम्मायक र मिक्लाजुङ गाउँपालिकाले बन्दाबन्दी र कोभिड–१९ को महामारीका बीच औसत ८० प्रतिशत भौतिक प्रगति भएको जनाएका छन् । फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीका अनुसार नगरपालिकाले एक हजार पाँच योजनामध्ये ८०४ योजना सम्पन्न गरेको छ । यहाँ चालू र पूँजीगत गरी रु ७९ करोड बजेट रहेकामा करिब रु ७३ करोड बजेट खर्च भएको छ । “निर्माणतर्फका सबै योजना सम्पन्न गर्ने लक्ष्य लिइएकामा बन्दाबन्दीले केही सम्पन्न गर्न सकिएन”, अधिकारीले भन्नुभयो ।

फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहान बन्दाबन्दी र महामारी भन्दा निरन्तरको वर्षा र भौगोलिक जटिलताले सबै योजना पूरा गर्न नसकिएको बताउनुहुन्छ । “वैशाखदेखि निरन्तर वर्षा हुनाले निर्माणका काम प्रभावित भए”, चौहानले भन्नुभयो, “सामाजिक दूरी तथा सङ्क्रमणबाट जोगिने उपाय अवलम्बन गर्दै सीपमूलक तालिम तथा गोष्ठीसमेत सम्पन्न गर्ने प्रयत्न गर्यौं  ।” यो गाउँपालिकाले करिब ८० प्रतिशत भौतिक तथा वित्तीय प्रगति गरेको छ । कुम्मायक गाउँपालिकाका प्रशासकीय अधिकृत देवेन्द्र कटुवालका अनुसार उक्त गाउँपालिकाले पूँजीगततर्फ करिब ८३ प्रतिशत बजेट खर्च गरेको छ । “सङ्घ र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानका केही कार्यक्रम सम्पन्न हुन सकेनन् । त्यसमा महामारीभन्दा प्राविधिक कारण थिए”, कटुवालले भन्नुभयो ।

मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईका अनुसार गाउँपालिकामा गत वर्ष ३२० योजना निर्धारण भएकामा ३०५ सम्पन्न भए । गाउँपालिकाले चालूतर्फ ९४ र पूँजीगततर्फ ८४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । “सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने योजनाको अख्तियारी ढिलो प्राप्त हुन्छ । जेठसम्म माथिबाट योजना आउनाले सबै योजना सम्पन्न गर्न नसकिने हुन्छ”, राईले भन्नुभयो । गाउँपालिकाले गत आवबाट मङ्सिर मसान्तभित्र ठेक्का लगाउने पद्धतिको विकास गरेको छ । “ प्रणालीगत समस्याले कतिपय योजना पूरा हुन सक्दैनन्”, राईले भन्नुभयो ।

जिल्लाको तुम्बेवा र याङवरक गाउँपालिकाले करिब ८० प्रतिशत योजना पूरा गरेको छ । “कतिपय स्थानमा स्थानीयस्तरमै सिर्जित समस्याले केही योजना प्रभावित छन्”, जिल्लाको याङवरक गाउँपालिकाको योजना शाखाका प्रमुख दीपेन्द्र बुढाथोकीले भन्नुभयो । अधिकांशले स्थानीय तहका प्रशासकीय भवन, सडक निर्माण, विस्तार तथा स्तरोन्नति, खानेपानी, विद्युतीकरण, कृषिलगायत क्षेत्रमा बजेट खर्च गरेका छन् ।

प्रदेश सरकार मातहतका पूर्वाधार विकास कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, जलस्रोत तथा सिँचाइ विकास डिभिजन, खानेपानी तथा सरसफाइ डिभिजन, स्वास्थ्य कार्यालयलगायतका पूर्वाधार तथा निर्माणतर्फका अधिकांश योजना पूरा भएका छन् । कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका सीपमूलक तालिम, गोष्ठी, सेमिनारलगायत केही कार्यक्रम भने बन्दाबन्दी र कोभिड–१९ को महामारीले पूरा हुन पाएनन् । “समुदायस्तरमा गर्नुपर्ने कतिपय कार्यक्रम प्रभावित भएका छन्”, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र फिदिमका प्रमुख डा इन्द्रनारायण शाहले भन्नुभयो, “हाम्रो कार्यालयको वित्तीय प्रगति करिब ७५ प्रतिशत छ ।”

भौतिक निर्माणका क्षेत्रमा ठूलो बजेट रहेको पूर्वाधार विकास कार्यालयले ठूला योजनालाई बहुवर्षीय ठेक्कामा लगेकाले उक्त कार्यालयअन्तर्गतका धेरै आयोजना बन्दाबन्दी र कोभिड–१९ बाट प्रभावित नभएको उक्त कार्यालयका प्रमुख ललित चौधरीले बताउनुभयो । “एकै वर्षमा सम्पन्न गर्नुपर्ने योजना सम्पन्न गर्न हामीले ताकेता ग¥यौँ”, चौधरीले भन्नुभयो, “मुख्य समस्या कामदार नपाइने थियो । स्थानीय कामदारको प्रयोगमा जोड दिँदा ठूलो समस्या आएन ।” यद्यपि कतिपय बहुवर्षीय आयोजनामा अहिले काम ठप्प भएको अवस्थाको प्रभाव पर्ने चौधरीको भनाइ छ । “लामो समय काम हुन नसके सबै योजनालाई निर्धारित समयमा काम सम्पन्न गर्न समस्या पर्छ”, चौधरीले भन्नुभयो, “त्यसैले बन्दाबन्दी केही खुकुलो भएपछि निर्माणकार्य अघि बढाउन पहल गरिएको छ ।” उक्त कार्यालयको वित्तीय प्रगति ९४.६३ प्रतिशत छ । प्रदेश सरकार मातहत यहाँका अधिकांश कार्यालयको कार्यक्षेत्र पाँचथर र ताप्लेजुङ जिल्ला छ ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा बन्दाबन्दी र कोभिड–१९ महामारीको ठूलो सन्त्रास नरहेका स्थानमा विकास निर्माणका कार्य सञ्चालन हुँदा परिणाम सन्तोषजनक रहेको बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो