२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचथरमा स्थानीय विकास निर्माणमा बन्दाबन्दीको असर सामान्य

७ श्रावण २०७७, बुधबार ०६:२६

रवीन्द्र काफ्ले । साउन ७, पाँचथर । जिल्लास्थित सरकारी निकाय तथा स्थानीय तहका प्रारम्भिक तथ्याङ्कले विकास निर्माणमा बन्दाबन्दीले ठूलो प्रभाव नपरेको देखिएको हो । यहाँका आधा दर्जन स्थानीय तह र सोही सङ्ख्यामा प्रदेश सरकार मातहतका कार्यालयले अघिल्लो आर्थिक वर्षकै हाराहारीमा गत आवमा योजना तथा कार्यक्रमलाई पूर्णता दिन सफल भएको जनाएका छन् । 

जिल्ला समन्वय समिति पाँचथरले फिदिममा आयोजना गरेको समीक्षा कार्यक्रममा फिदिम नगरपालिका तथा याङवरक, फालेलुङ, तुम्बेवा, कुम्मायक र मिक्लाजुङ गाउँपालिकाले बन्दाबन्दी र कोभिड–१९ को महामारीका बीच औसत ८० प्रतिशत भौतिक प्रगति भएको जनाएका छन् । फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीका अनुसार नगरपालिकाले एक हजार पाँच योजनामध्ये ८०४ योजना सम्पन्न गरेको छ । यहाँ चालू र पूँजीगत गरी रु ७९ करोड बजेट रहेकामा करिब रु ७३ करोड बजेट खर्च भएको छ । “निर्माणतर्फका सबै योजना सम्पन्न गर्ने लक्ष्य लिइएकामा बन्दाबन्दीले केही सम्पन्न गर्न सकिएन”, अधिकारीले भन्नुभयो ।

फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहान बन्दाबन्दी र महामारी भन्दा निरन्तरको वर्षा र भौगोलिक जटिलताले सबै योजना पूरा गर्न नसकिएको बताउनुहुन्छ । “वैशाखदेखि निरन्तर वर्षा हुनाले निर्माणका काम प्रभावित भए”, चौहानले भन्नुभयो, “सामाजिक दूरी तथा सङ्क्रमणबाट जोगिने उपाय अवलम्बन गर्दै सीपमूलक तालिम तथा गोष्ठीसमेत सम्पन्न गर्ने प्रयत्न गर्यौं  ।” यो गाउँपालिकाले करिब ८० प्रतिशत भौतिक तथा वित्तीय प्रगति गरेको छ । कुम्मायक गाउँपालिकाका प्रशासकीय अधिकृत देवेन्द्र कटुवालका अनुसार उक्त गाउँपालिकाले पूँजीगततर्फ करिब ८३ प्रतिशत बजेट खर्च गरेको छ । “सङ्घ र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानका केही कार्यक्रम सम्पन्न हुन सकेनन् । त्यसमा महामारीभन्दा प्राविधिक कारण थिए”, कटुवालले भन्नुभयो ।

मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईका अनुसार गाउँपालिकामा गत वर्ष ३२० योजना निर्धारण भएकामा ३०५ सम्पन्न भए । गाउँपालिकाले चालूतर्फ ९४ र पूँजीगततर्फ ८४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । “सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने योजनाको अख्तियारी ढिलो प्राप्त हुन्छ । जेठसम्म माथिबाट योजना आउनाले सबै योजना सम्पन्न गर्न नसकिने हुन्छ”, राईले भन्नुभयो । गाउँपालिकाले गत आवबाट मङ्सिर मसान्तभित्र ठेक्का लगाउने पद्धतिको विकास गरेको छ । “ प्रणालीगत समस्याले कतिपय योजना पूरा हुन सक्दैनन्”, राईले भन्नुभयो ।

जिल्लाको तुम्बेवा र याङवरक गाउँपालिकाले करिब ८० प्रतिशत योजना पूरा गरेको छ । “कतिपय स्थानमा स्थानीयस्तरमै सिर्जित समस्याले केही योजना प्रभावित छन्”, जिल्लाको याङवरक गाउँपालिकाको योजना शाखाका प्रमुख दीपेन्द्र बुढाथोकीले भन्नुभयो । अधिकांशले स्थानीय तहका प्रशासकीय भवन, सडक निर्माण, विस्तार तथा स्तरोन्नति, खानेपानी, विद्युतीकरण, कृषिलगायत क्षेत्रमा बजेट खर्च गरेका छन् ।

प्रदेश सरकार मातहतका पूर्वाधार विकास कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, जलस्रोत तथा सिँचाइ विकास डिभिजन, खानेपानी तथा सरसफाइ डिभिजन, स्वास्थ्य कार्यालयलगायतका पूर्वाधार तथा निर्माणतर्फका अधिकांश योजना पूरा भएका छन् । कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका सीपमूलक तालिम, गोष्ठी, सेमिनारलगायत केही कार्यक्रम भने बन्दाबन्दी र कोभिड–१९ को महामारीले पूरा हुन पाएनन् । “समुदायस्तरमा गर्नुपर्ने कतिपय कार्यक्रम प्रभावित भएका छन्”, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र फिदिमका प्रमुख डा इन्द्रनारायण शाहले भन्नुभयो, “हाम्रो कार्यालयको वित्तीय प्रगति करिब ७५ प्रतिशत छ ।”

भौतिक निर्माणका क्षेत्रमा ठूलो बजेट रहेको पूर्वाधार विकास कार्यालयले ठूला योजनालाई बहुवर्षीय ठेक्कामा लगेकाले उक्त कार्यालयअन्तर्गतका धेरै आयोजना बन्दाबन्दी र कोभिड–१९ बाट प्रभावित नभएको उक्त कार्यालयका प्रमुख ललित चौधरीले बताउनुभयो । “एकै वर्षमा सम्पन्न गर्नुपर्ने योजना सम्पन्न गर्न हामीले ताकेता ग¥यौँ”, चौधरीले भन्नुभयो, “मुख्य समस्या कामदार नपाइने थियो । स्थानीय कामदारको प्रयोगमा जोड दिँदा ठूलो समस्या आएन ।” यद्यपि कतिपय बहुवर्षीय आयोजनामा अहिले काम ठप्प भएको अवस्थाको प्रभाव पर्ने चौधरीको भनाइ छ । “लामो समय काम हुन नसके सबै योजनालाई निर्धारित समयमा काम सम्पन्न गर्न समस्या पर्छ”, चौधरीले भन्नुभयो, “त्यसैले बन्दाबन्दी केही खुकुलो भएपछि निर्माणकार्य अघि बढाउन पहल गरिएको छ ।” उक्त कार्यालयको वित्तीय प्रगति ९४.६३ प्रतिशत छ । प्रदेश सरकार मातहत यहाँका अधिकांश कार्यालयको कार्यक्षेत्र पाँचथर र ताप्लेजुङ जिल्ला छ ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा बन्दाबन्दी र कोभिड–१९ महामारीको ठूलो सन्त्रास नरहेका स्थानमा विकास निर्माणका कार्य सञ्चालन हुँदा परिणाम सन्तोषजनक रहेको बताउनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम