पढ्न करिब 1 मिनेट लाग्छ

साउन १८, सल्यान। जिल्ला अदालतले गत आर्थिक वर्षमा ५८ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव ०७६/७७ मा अदालतमा पेश भएका ३८४ विभिन्न प्रकृतिका मुद्दामध्ये २२४ मुद्दा फछ्र्योट गरिएको हो ।

अदालतले गत आवमा दर्ता भएका २९९ मध्ये १५१ मुद्दा फछ्र्योट गरेको स्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आवदेखि जिम्मेवारीमा आएका ८५ मध्ये ७१ मुद्दा फछ्र्योट गरिएका छन् ।

यस्तै अदालतले मेलमिलापका लागि मेलमिलाप केन्द्रमा पठाएका ४१ ममध्ये १४ मुद्दा मेलमिलाप भइसकेको स्रेस्तेदार ज्ञवालीले जानकारी दिनुभयो । अदालतले छ महिनाका अवधिमा ७९ मुद्दा फछ्र्योट गरेको छ । लकडाउनका अवधिमा मुद्दाको खासै सुनवाइ नभए पनि तीन महिनाका अवधिमा ३० मुद्दा दर्ता भएको जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

स्थानीय तहमा रहेका न्यायिक समितिले मुद्दामा औपचारिकता बढी खोजेकाले न्यायिक समितिमा निरुपण हुने मुद्दा पनि अदालतसम्म आउने गरेको न्यायाधीश पाण्डेको भनाइ छ । समितिको कार्यसम्पादन प्रभावकारी बनाउन हरेक स्थानीय तहले कर्मचारीलाई अदालतमा खटाउन सक्ने उहाँले बताउनुभयो । रासस