उनीहरुविरुद्ध सोमबार मुलुकी ऐन "/>
उनीहरुविरुद्ध सोमबार मुलुकी ऐन "/>
साउन ११, चितवन । चितवनको रत्ननगरमा सोमबार बिहान ट्रकमा आगजनी गरेको आरोपमा पक्राउ परेका नेकपा माओवादी (विप्लव) का दुई कार्यकर्ता विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । उनीहरुविरुद्ध सोमबार मुलुकी ऐन आगजनीको महलअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला अदालत चितवनबाट म्याद थप गरिएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । तीनजना पक्राउ परेकामध्ये दुईजना विरुद्ध मुद्दा दर्ता भएको र एक जनाको संलग्नता नदेखिएको पाइएकाले अनुसन्धान पछि छाडिने उनले बताए । यसरी म्याद थप गरिएकामा विप्लव माओेवादीको चितवन जिल्ला सदस्य रमेश लामिछाने र कार्यकर्ता डायमण्ड तामाङ रहेका छन् । उनीहरुलाई रत्ननगरबाट पक्राउ गरिएको थियो । यस्तै, माडीबाट पक्राउ परेकी हरिमाया महतोलाई भने अनुसन्धानपछि छाडिने प्रहरीले जनाएको छ । सोमबार बिहान रत्ननगरको निपनी चोकमा औषधि बोकेर काठमाडौँ जाँदै गरेको ना ५ ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । रासस कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
विप्लब माओवादीका दुई कार्यकर्ता विरुद्ध मुद्दा
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार