२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

२१ श्रावण २०७७, बुधबार ०४:५६

साउन २१, सुरुङ्गा । झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । कोरोना भाइरसको त्रासका बीच झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले मङ्गलबार जिल्ला समन्वय समितिमा कार्यक्रमको आयोजना गर्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो ।

खोप समन्वय समिति झापाका संयोजक तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभयो । स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्दै २०७७ असार ३१ गते जिल्लाका १५ स्थानीय तहमध्ये आठ नगरपालिका र सात गाउँपालिकाबाट प्राप्त विवरणका आधारमा झापालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताउनुभयो । 

पालिकाहरूबाट १६ देखि २३ महिनाभित्रका आठ हजार १२ बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको विवरणका आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताइएको छ । कार्यक्रममा समन्वय समिति झापाका उपाध्यक्ष मीना घिमिरे पराजुली, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापासहित स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, पत्रकारलगायतको सहभागिता थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य