२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

ग्लोबल आइएमई बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि, बैंक सिल

२५ श्रावण २०७७, आईतवार ०८:१३

साउन २५, लहान । यहाँस्थित ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ ।  महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी त्यहाँ कार्यरत कर्मचारीलाई यहाँस्थित एक होटलमा क्वारेन्टिमा राखिएको लहान नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवले जानकारी दिनुभयो ।

रुघाखोकी र ज्वरोसहितको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको र उहाँ अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसन रहेको स्वास्थ्य शाखाप्रमुख यादवले बताउनुभयो । सङ्क्रमित ती कर्मचारी केही दिनअघि लहानस्थित आन्तरिक राजश्व कार्यालयमा रहेको बैंकको काउन्टरमा बसेकाले आन्तरिक राजश्व कार्यालयका कर्मचारीलाई समेत क्वारेन्टिनमा राखिएको जनाइएको छ । बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि भएसँगै यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आजदेखि कार्यालयको सम्पूर्ण कार्य बन्द गरेको छ ।

कार्यालय प्रमुख कमलबहादुर राजलवटले सूचना प्रकाशन गरी यो विषम परिस्थितिमा कार्यालयका कर्मचारीको पिसिआर परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट नआएसम्म कार्यालयको कामकाज बन्द गरिएको जानकारी दिनुभएको छ ।

यस्तै सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत एक सशस्त्र प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षकसहितका सशस्त्र प्रहरीलाई क्याम्पभित्रै क्वारेन्टिनमा राखिएको स्वास्थ्य प्रमुख यादवले बताउनुभयो ।

सङ्क्रमित बैंकका कर्मचारी तथा सशस्त्र प्रहरीको कन्ट्र्याक्टमा आएकाको पनि पहिचान गरी पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने तयारी भइरहेको स्वास्थ्य शाखाप्रमुख यादवले जानकारी दिनुभयो । कोरोना सङ्क्रमतिको सङ्ख्या बढ्दै गएको भन्दै लहान नगरपालिका, गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म नगर क्षेत्रमा लकडाउन जारी राखेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य