2026-09-08 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अशक्त अवस्थामा पनि निरन्तर आपराधिक गतिविधि

साउन २८, महेन्द्रनगर । गत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दम्पती हत्यामा संलग्न अभियुक्त सार्वजनिक कार्यक्रमा बेलौरी नगरपालिका–७ का ३५ वर्षीय दिनेश रानाको शारीरिक अवस्थाले ध्यान तान्यो । दाँया हात नै नभएका अशक्त अभियुक्त रानाले ज्यान मार्ने जस्तो जघन्य अपराधिक घटनामा कुन भूमिका निभाए होलान् भन्ने सबैको चासोको विषय पनि बन्यो ।

दश दिनअघि मध्यरातमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरका घनश्याम खातीको घरमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्यो । आक्रमणबाट खातीका श्रीमती ६८ वर्षीया बेलीदेवी खातीको घटनास्थलमै मृत्यु भयो । आक्रमणबाट गम्भीर घाइते भएका वृद्ध घनश्यामको आइतबार राति उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खातीकै छिमेकी ५३ वर्षीय प्रकाश ऐरले बोक्सीको आरोप लगाउँदै रु चार लाख दिएर हत्या गर्ने योजना बुनेको प्रहरीले खुलासा गरेको छ । खातीको हत्या योजना बनाएका ऐरले कृष्णपुर नगरपालिका–२ का ४५ वर्षीय रबि राना (भर्रा) को गतिलो साथ पाए । 

योजनाअनुसार नै अशक्त रानाले मोटरसाइकलमा घटनापछि खातीका छोरा राजेश खातीलाई घरमा लैजानेदेखि आक्रमण गर्ने रविलाई घर पुर्याउनेसम्मको काम गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । रानाले मोटरसाइकलको एक्सलेटर नै बाँया हाततर्फ जडान गरेको पाइएको छ । “अशक्त भएपनि राना दक्षिणतर्फ नेपाल–भारत सीमानामा मलखाद, कुखुराका चल्ला अवैध नाकाबाट ल्याउने गिरोहमा समेत सक्रिय रहेछ ।” उहाँले भन्नुभयो–“राना त्यो क्षेत्रको तस्कर नै रहेको पाइयो ।”

अभियुक्त राना सीमा क्षेत्रमा युवा समूहलाई तस्करीमा परिचालन गर्ने गरेको समेत  प्रहरी भनाइ छ । “प्रहरीमै उजुरी नआएपनि गाउँमा त्यसको गतिविधि ठीक रहेनछ ।” प्रवक्ता थापाले भन्नुभयो–“खाती दम्पतीको हत्याको दोस्रो दिन हामीले दिनेश र खातीका छोरा राजेशलाई सोधपुछका लागि नियन्त्रणमा लिएका थियौँ ।”

घटना अनुसन्धानकै क्रममा राजेशको संलग्नता नदेखिएपछि रिहा भएका छन् । “दिनेश र होरीले घटनाका बेला राजेशलाई मादक पदार्थमा लठ्ठ बनाएर फकाएर राखेको देखिन्छ” प्रवक्ता थापाले भन्नुभयो । झण्डै दुई दशकअघि रानाले बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेको हात गुमाएको एक स्थानीयले बताउनुभयो । “यहाँ अवैध नाकाबाट तस्करी गर्न थालेको वर्षौं भइसकेको थियो ।” स्थानीयले भन्नुभयो–“तस्करी हुँदै आज गाउँमै जघन्य अपराधमा समेत सामेल भएछ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग