२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

७५ प्रतिशत श्रमिकको रोजीरोटी गुम्दै

२८ श्रावण २०७७, बुधबार ०६:५३

साउन २८, नारायणपुर । दाङ जिल्लामा कोरोनाको महामारीका कारण बन्द भएका होटल व्यवसाय यही साउन १५ देखि सञ्चालनमा आएका छन् । बन्दाबन्दीको चार महिनापछि होटेल त सञ्चालनमा आए तर व्यवसाय फस्टाउन सकेको छैन । व्यवसाय फस्टाउन नसक्दा होटेलमा श्रमिकको रोजीरोटीको अझै कुनै टुङ्गो छैन । व्यवसाय तत्काल फस्टाउने अवस्था नभएपछि होटेलमा आधा जनशक्तिले मात्रै काम चलाइएको होटेल सञ्चालकले बताएका छन् । 

घोराहीस्थित होटेल सिटी प्लाजाका प्रबन्धक कमल सुवेदीका अनुसार भर्खरै खुलेका होटेलमा रेष्टुरेन्ट र लज कुनै चलेको छैन । “व्यापार छैन, २२ जना श्रमिकमध्ये अहिले १२ जनाले मात्रै काम चलाएका छाँै, बाँकी श्रमिक घरमै बेतलवी बस्नुभएको छ”, सुवेदीले भन्नुभयो । अहिले तत्कालको अवस्था सहज नदेखिएकाले केही समय घरमै बस्न भने पनि समस्या परेकालाई सहयोग गरिएको सुवेदीले बताउनुभयो । होटल व्यवसाय फस्टाउन नसक्दा होटेलमा काम गर्ने श्रमिकको रोजगारी गुमेको छ ।

श्रमिकलाई सम्पर्कमै राखेको तर बिदाको तलब दिन नसकिएको घोराहीकै होटेल डोकोका प्रबन्धब वसन्त जिएमले बताउनुभयो । होटेलमा २१  श्रमिक रहेकामा अहिले नौ जनालाई मात्रै काम दिइएको छ । “घरमै बसेकाहरुलाई समस्या प¥यो भने पछि तलबबाट काट्ने गरी रकम सहयोग गरेका छौँ”, उहाँले भन्नुभयो । अहिले काममा आएकाहरुलाई पनि होटेल सफा राख्ने र कफी बेच्नेबाहेक अरु केही काम दिन नसकिएको जिएमको भनाइ छ । 

दाङमा सानाठूला गरी करीब एक हजार तीन सय होटल छन् । कोरोनाले निम्त्याएको सङ्कटले ७६ होटेल बन्द भएको दाङ देउखुरी होटल व्यवसायी समितिले जनाएको छ । भाडाका घरमा सञ्चालन भएकाले घरभाडा तिर्न नसक्दा होटेल बन्द भएको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले बताउनुभयो । “अब हामीले होटेल व्यवसाय सञ्चालन गर्न सक्दैनौँ भनेर दैनिक दुईतीन जना लगत कट्टा गराउन आउनुहुन्छ”, उहाँले भन्नुभयो । डाँगीका अनुसार उहाँको होटलमा काम गर्ने श्रमिकमध्ये अहिले २५ प्रतिशत मात्रै छन् । “आफैँ घरपरिवारका सदस्यले चलाएको छु, व्यापार छैन, श्रमिकलाई राख्दा श्रमको पैसा पनि दिनुप¥यो, समस्या छ”, उहाँले भन्नुभयो । 

जिल्लामा कोरोनाका कारण अहिले करीब ७५ प्रतिशत श्रमिक रोजगारी गुमाउन बाध्य छन् । प्रदेश नं ५ मा करीब ११ हजार होटल व्यवसाय सञ्चालनमा छन् जसमा करीब ८५ अर्ब लगानी रहेको नेपाल होटेल तथा रेष्टुरेन्ट व्यवसाय महासङ्घ प्रदेश नम्बर ५ का अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार ती होटेलमा ६० हजार श्रमिक  छन् तर अहिले करीब २५ प्रतिशत श्रमिक मात्रै कार्यरत छन् । अझै पनि कोरोनाको प्रभाव बढ्दै गएमा  कामदारको पनि रोजीरोटी गुम्ने खतरा रहेको उहाँले बताउनुभयो । होटेल व्यवसाय तत्काल फस्टाउने अवस्था नदेखिएकाले  श्रमिकको रोजीरोटी गुम्न थालेको काफ्लेको भनाइ छ । “व्यवसायीलाई अहिले बैंकको किस्ता तिर्नेदेखि घरभाडा कसरी बुझाउने भन्न्े पिर छ, अर्र्कातिर श्रमिकको रोजीरोटी कसरी सुरक्षित गर्ने भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै