२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा

२०७७, ३२ श्रावण आईतवार ०६:१५

साउन ३२, दमौली । तनहुँको ऋषिङ गाउँपालिका–५ सपाङ्दीलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा गरिएको छ । कृषिको माध्यमबाट जनताको आर्थिक स्तर सुधार गर्ने र प्रत्येक स्थानीय तहलाई नमूना बनाउने उद्देश्य सहित गण्डकी प्रदेश सरकारको सहयोगमा सपाङ्दीलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा गरिएको हो ।

उक्त गाउँलाई मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ घोषणा गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ऋषिङमा स्थापना गरिएको कृषि गाउँ साँच्चिकै नमुना बन्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले किसानलाई व्यावसायिक बन्न हौस्याएकाले मिहेनत गरेर नमुना बन्नुपर्ने उहाँको भनाई थियो । आर्थिक वर्ष ०७५÷०७६ मा प्रदेश सरकारले शुरु गरेको यस कार्यक्रमा चालु वर्षमा प्रदेशका सबै स्थानीय तहमा विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।

मन्त्री गुरुङले सजगता अपनाएर आर्थिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । गुरुङले सजगता अपनाए कोरोनाबाट बच्न सकिने भएकाले सजगता अपनाएरै आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने धारणा राख्नुभयो । “केही ठाउँमा समुदायमा कोरोना फैलिसकेको छ । आफू कसरी बचिन्छ आफैले सोच्ने हो,” उहाँले भन्नुभयो, “सरकारको तर्फबाट यसअघि नै लकडाउन गरेर महामारीबाट बच्ने प्रयत्न ग¥यौँ । लामो समय गरिएको लकडाउनले देशको अर्थतन्त्र शिथिल बनाएको छ । अर्थतन्त्र चलायमान भएन भने फेरि अर्को संकट उत्पन्न हुन्छ ।” 

मन्त्री गुरुङले गण्डकी प्रदेशका प्रत्येक जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आईसियु कक्ष स्थापना गर्न चालु वर्षको बजेटमा रकम विनियोजन गरिएको जानकारी दिँदै सरुवा रोगको उपचारका लागि लेखनाथमा छुट्टै अस्पताल बनाउने प्रकृया अगाडी बढाइएको बताउनुभयो । 

छनौट भएका गाउँको कम्तिमा पचास घरधुरीबाट एक÷एक जना सदस्य रहने गरि कृषि सहकारी वा समूह मार्फत त्यहाँको मौसम तथा हावापानी सुहाउने गरी पशुपालन, तरकारी खेती, कुखुरा, माछा तथा अन्य खाद्य तथा नगदेवाली उत्पादन गर्न सक्नेछन् ।

छनौट भएका प्रत्येक गाउँलाई पहिलो वर्ष ३० लाखका दरले अनुदान उपलव्ध गराउने र चौथो वर्षसम्म प्रत्येक वर्ष ५० प्रतिशत रकम घटाउँदै लगेर त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

कार्यक्रम सञ्चालन गर्दा सहकारीले ज्ञान केन्द्र वा विज्ञ केन्द्र र एकाइको सहयोग लिई वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाका लागि जलवायु समानुकुलित प्रविधि, असल कृषि अभ्यास, पर्यावरणीय खेती, कृषि पर्यटन, दिगो कृषि यान्त्रीकीकरण, लैङ्गिक तथा सामाजिक समावेशीकरण, क्षमता विकास र सह सिकाई कार्यक्रमको वार्षिक कार्ययोजना बनाउनुपर्ने शर्त राखिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध