५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

प्राधिकरणले चार वर्षअघि नै दिएको थियो सिन्धुपाल्चोकका ७१ स्थान जोखिममा रहेको प्रतिवेदन

२ भाद्र २०७७, मंगलवार १०:५९

भदौ २, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न निकायसँगको समन्वयमा चार वर्षअघि सिन्धुपाल्चोकका २४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिएको थियो । त्यसमा ७५ स्थान सुरक्षित, ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिइएको प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्टले सोमबार वर्षातका बेला सिन्धुपाल्चोकमा देखिएको विपद्बारे प्राधिकरणमा आयोजित छलफल कार्यक्रममा जानकारी दिनुभयो ।

पहिले गरिएको अध्ययनले जुगल गाउँपालिकाको लिदीका माथिल्लो क्षेत्रमा नभई तल्लो क्षेत्रमा समस्या देखाएको जानकारी दिनुहुँदै उहाँले बेलाबेलामा जोखिमका क्षेत्र बदलिन सक्ने बताउनुभयो । विसं २०७४ मा गरिएको अध्ययनले जुगल गाउँपालिकाको लिदीलाई संरक्षण गरेर बस्न सकिने देखाएको थियो ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले पहिरोबाट पुगेको क्षतिका सम्बन्धमा साझा धारणा बनाएर समस्या समाधान गर्दै पुनःनिर्माणमा लाग्नुपर्ने बताउनुभयो । त्यसका लागि सङ्घीय संसद्का सभामुख, सांसद, स्थानीय तहका जनप्रतिनिधिलगायतसँग छलफल गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको भौगर्भिक अध्ययन गरी अन्यन्तै जोखिमपूर्ण देखिएका क्षेत्रका जनतालाई स्थानान्तरणको व्यवस्था मिलाउन आवश्यक भएको छ । समन्वय समितिका प्रमुख तामाङले अध्ययनबाट सुरक्षाका हिसाबले बस्न उपयुक्त नदेखिएका स्थानका जनतालाई विश्वासमा लिएर वैकल्पिक व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।  “जमिनसँग मानिसको जीवन जोडिएको हुन्छ, कतिपयले पुर्खाको थातथलो छोड्न हुँदैन पनि भन्न सक्नुहुन्छ, जोखिममा भएका जनतालाई बुझाएर स्थानान्तरण हुन प्रेरित गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सिन्धुपाल्चोकबारे विगतमा गरिएका अध्ययनको समीक्षा गर्नुका साथै नयाँ अध्ययन गर्न विभिन्न निकायसँग समन्वय गरी प्राधिकरणले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । विगतमा भएका अध्ययनको समीक्षाको काम शुरु गर्न प्राधिकरणका विज्ञ तथा कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो । स्थानीय तह, प्रदेश र केन्द्रले गर्ने कामलाई स्पष्ट गरेर अघि बढ्दा समस्या समाधानमा थप सहज हुने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ थियो ।

जिल्ला समन्वय समितिले आगामी बिहीबार स्थानीय तहका जनप्रतिनिधिलगायतसँग छलफल गर्दैछ । सोही कार्यक्रममा प्राधिकरणको विज्ञ टोलीले सिन्धुपाल्चोकमा कुन–कुन क्षेत्रमा जोखिम छ भनेर विवरण प्रस्तुत गर्ने जनाइएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जनप्रतिनिधिबाट आएका सुझावलाई समेत ध्यानमा राखी थप अध्ययन गर्न प्राधिकरणले सहयोग गर्ने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकहरूको सडक आन्दोलनले गर्दा सर्वसाधारणलाई सास्ती नेपाल सरकारका मुख्य सचिव अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताए हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अतिरिक्त सचीव अनावश्यक रहेको बताए नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिए नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन गृहमन्त्री लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नहुने बताए निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिए बारामा ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्कर पक्राउ काठमाडौँबाट हेटौंडा आउँदै गरेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु र १४ जना घाइते दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध गृहमन्त्रीद्वारा गण्डकी प्रदेशलाई आपतकालीन गोदाम हस्तान्तरण शंकर अधिकारीले शिक्षक आन्दोलनप्रति कुण्ठा राखेर भ्रम नछर्न पूर्वशिक्षक नेताहरूलाई आग्रह गरे धवलशमशेर राणालाई क्यान्सरको फलोअप उपचारमा भारत जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप सुनसरीमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट, ६० लाख बराबरको क्षति काभ्रेको रोशीमा आगलागी हुँदा २ बालबालिका घाइते शुक्रबार सुनको भाउ ८ सय रुपैयाँले घट्यो दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा