२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

प्रदेश नं १ मा आज ६४ सङ्क्रमित थप, कुन जिल्लामा कति जना थपिए ?

२०७७, ८ भाद्र सोमबार १५:३८

भदौ ८, विराटनगर (रासस) । पछिल्लो २४ घण्टामा प्रदेश नं। १ मा  ६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज थपिएकामा २४ महिला र ४० पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा मोरङमा २९, सुनसरीमा १९, झापामा पाँच, धनकुटामा दुई, संखुवासभामा एक र प्रदेश  बाहिरका आठ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

विराटनगरमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको छ  जसमा महिला १० र पुरुष १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । आज देखिने कोरोना सङ्क्रमितमा मोरङको सुन्दरहरैँचामा एक महिला र दुई पुरुष, बेलबारीमा एक महिला र एक पुरुष तथा जहदामा एक पुरुष रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार जिल्ला बाहिर सुनसरीको गढी गाउँपालिकामा तीनतीन महिला र पुरुष, दुहवीमा तीन पुरुष, बर्जुमा चार महिला र एक पुरुष, धरानमा दुई महिला र एक पुरुष तथा इटहरीमा एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै झापाको बा¥हदशीमा एक महिला र चार पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा दुई पुरुष, संखुवासभाको खाँदबारीका एक पुरुष र प्रदेश बाहिरका एक महिला तथा सात पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको विवरणमा उल्लेख छ । 

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ७२३ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित भई दुई जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा सुनसरीको धरान र विराटनगरका एकएक पुरुष छन् ।  प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । हालसम्म मृत्यु हुनेमा विराटनगरका १०, धरानका तीन, बूढीगंगा गाउँपालिकाका दुई तथा रंगेली र सुनबर्षीका एकएक जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशबाटबाट आज कोभिड–१९ आइसोलेसन केन्द्र रंगेलीबाट १२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २८० पुगेको छ । पछिल्लो २४ घण्टामा  प्रदेशमा एक हजार ५५० जनाको पिसिआर परीक्षण भर्इ कुल ७८ हजार ७०२ जनाको पिसिआर परीक्षण भइसकेको  मन्त्रालयको भनाइ छ ।

पीसीआर मेसिन हस्तान्तरण

निजी क्षेत्रका विभिन्न संघसंस्था एवं व्यक्तिको सामूहिक सहयोगबाट खरिद गरिएको पीसीआर मेसिन विराटनगर महानगरपालिकाले आज कोशी अस्पताललाई हस्तान्तरण गरेको छ । सो मेसिन नगर प्रमुख भीम पराजुलीले अस्पताल प्रमुख डा चुमनलाल दासलाई हस्तान्तरण गर्नुभएको हो । 

केही दिनदेखि महानगरपालिकामा कोरोनाको सङ्क्रमण तीव्रगतिमा फैलिँदै गएपछि जनस्तरबाट महानगरपालिकालाई पीसीआर मेसिन खरिद गर्न दबाब भइरहेको थियो । प्रमुख पराजुलीको विशेष सक्रियतामा निजी क्षेत्रका व्यक्ति पीसीआर मेसिन खरिद गर्न तत्पर भएका थिए । 

पराजुलीले एक वर्षको अवधिमा पाइने सेवासुविधाबापतको सबै रकम रु सात लाख, स्थानीय समाजसेवी एवं उद्योगी राजेन्द्र राउतले रु सात लाख, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको समूहले रु १० लाख, प्रदेशसभा सदस्य केदार कार्कीले रु एक लाख र नेपाली काङ्ग्रेस विराटनगर महानगर कार्यसमितिका सभापति अरुण न्यौपानेले दिएको रु एक लाख सङ्कलन गरी सो मेसिन खरिद गरेको पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिनुभयो ।

यस्तै सोही मेसिन खरिद गर्न केएल दुगडले रु पाँच लाख र  आरती स्ट्रिपले रु पाँच लाख प्रमुख पराजुलीलाई हस्तान्तरण गर्नुभयो . पीसीआर मेसिन सञ्चालनका लागि आवश्यक पर्ने किट खरिद एवं व्यवस्था गर्न विराटनगरस्थित भाटभटेनीले आजै प्रमुख पराजुलीलाई रु पाँच लाखको चेक हस्तान्तरण गरेको छ । मेसिन जडानपछि विराटनगरमा दैनिक झण्डै एक हजार जनासम्मको पीसीआर जाँच गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो