२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

प्रदेश नं १ मा आज ६४ सङ्क्रमित थप, कुन जिल्लामा कति जना थपिए ?

८ भाद्र २०७७, सोमबार १५:३८

भदौ ८, विराटनगर (रासस) । पछिल्लो २४ घण्टामा प्रदेश नं। १ मा  ६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज थपिएकामा २४ महिला र ४० पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा मोरङमा २९, सुनसरीमा १९, झापामा पाँच, धनकुटामा दुई, संखुवासभामा एक र प्रदेश  बाहिरका आठ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

विराटनगरमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको छ  जसमा महिला १० र पुरुष १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । आज देखिने कोरोना सङ्क्रमितमा मोरङको सुन्दरहरैँचामा एक महिला र दुई पुरुष, बेलबारीमा एक महिला र एक पुरुष तथा जहदामा एक पुरुष रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार जिल्ला बाहिर सुनसरीको गढी गाउँपालिकामा तीनतीन महिला र पुरुष, दुहवीमा तीन पुरुष, बर्जुमा चार महिला र एक पुरुष, धरानमा दुई महिला र एक पुरुष तथा इटहरीमा एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै झापाको बा¥हदशीमा एक महिला र चार पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा दुई पुरुष, संखुवासभाको खाँदबारीका एक पुरुष र प्रदेश बाहिरका एक महिला तथा सात पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको विवरणमा उल्लेख छ । 

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ७२३ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित भई दुई जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा सुनसरीको धरान र विराटनगरका एकएक पुरुष छन् ।  प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । हालसम्म मृत्यु हुनेमा विराटनगरका १०, धरानका तीन, बूढीगंगा गाउँपालिकाका दुई तथा रंगेली र सुनबर्षीका एकएक जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशबाटबाट आज कोभिड–१९ आइसोलेसन केन्द्र रंगेलीबाट १२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २८० पुगेको छ । पछिल्लो २४ घण्टामा  प्रदेशमा एक हजार ५५० जनाको पिसिआर परीक्षण भर्इ कुल ७८ हजार ७०२ जनाको पिसिआर परीक्षण भइसकेको  मन्त्रालयको भनाइ छ ।

पीसीआर मेसिन हस्तान्तरण

निजी क्षेत्रका विभिन्न संघसंस्था एवं व्यक्तिको सामूहिक सहयोगबाट खरिद गरिएको पीसीआर मेसिन विराटनगर महानगरपालिकाले आज कोशी अस्पताललाई हस्तान्तरण गरेको छ । सो मेसिन नगर प्रमुख भीम पराजुलीले अस्पताल प्रमुख डा चुमनलाल दासलाई हस्तान्तरण गर्नुभएको हो । 

केही दिनदेखि महानगरपालिकामा कोरोनाको सङ्क्रमण तीव्रगतिमा फैलिँदै गएपछि जनस्तरबाट महानगरपालिकालाई पीसीआर मेसिन खरिद गर्न दबाब भइरहेको थियो । प्रमुख पराजुलीको विशेष सक्रियतामा निजी क्षेत्रका व्यक्ति पीसीआर मेसिन खरिद गर्न तत्पर भएका थिए । 

पराजुलीले एक वर्षको अवधिमा पाइने सेवासुविधाबापतको सबै रकम रु सात लाख, स्थानीय समाजसेवी एवं उद्योगी राजेन्द्र राउतले रु सात लाख, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको समूहले रु १० लाख, प्रदेशसभा सदस्य केदार कार्कीले रु एक लाख र नेपाली काङ्ग्रेस विराटनगर महानगर कार्यसमितिका सभापति अरुण न्यौपानेले दिएको रु एक लाख सङ्कलन गरी सो मेसिन खरिद गरेको पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिनुभयो ।

यस्तै सोही मेसिन खरिद गर्न केएल दुगडले रु पाँच लाख र  आरती स्ट्रिपले रु पाँच लाख प्रमुख पराजुलीलाई हस्तान्तरण गर्नुभयो . पीसीआर मेसिन सञ्चालनका लागि आवश्यक पर्ने किट खरिद एवं व्यवस्था गर्न विराटनगरस्थित भाटभटेनीले आजै प्रमुख पराजुलीलाई रु पाँच लाखको चेक हस्तान्तरण गरेको छ । मेसिन जडानपछि विराटनगरमा दैनिक झण्डै एक हजार जनासम्मको पीसीआर जाँच गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारम्बार बत्ति जाने समस्या, प्राधिकरणले दियो जवाफ शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नुपर्छ : महेश बस्नेत गगन थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताए आजदेखि पाँच रुपैयाँका १० लाख थान नयाँ नोट चलनचल्तीमा आज सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ? माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र