साउन १२, काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा "/>
२१ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

भारतको ईशारामा प्रधानमन्त्री बन्दैछन् प्रचण्ड : ज्ञवाली

१२ श्रावण २०७३, बुधबार ०४:०१

साउन १२, काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा कुनै हालतमा एमाले सहभागी नहुने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव ज्ञवालीले भने,‘‘एमाले नयाँ सरकारमा कुनै हालतमा सहभागी हुँदैन्, व्यक्तिले के भन्छ त्यो मतलवको विषय होईन् ।’’उनले एमाले अब सशक्त प्रतिपक्षको भूमिकामा बस्ने स्पष्ट पारे ।

ज्ञवालीले मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमलाई आफूहरुले नजिकबाट नियाँलिरहेको उल्लेख गर्दै भने,‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालको प्रधानमन्त्री बन्ने हो, तर भारतीय मिडियाहरुमा जुन प्रतिक्रियाहरु आईरहेका छन्, त्यसले देशको हुर्मत काटेको छ ।’

यद्धपी उनले यसबारेमा आफूले बोल्न नमिल्ने भएपनि बाध्यता भएर टिप्पणी गरेको दाबी गरे । उनले अघि थपे,‘माओवादीले यसबारेमा बोल्नुपर्ने हो, तर अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन, दुःख लाग्दो कुरा छ ।’ उनले नेपाललाई दीर्घकालिन अहित हुने एजेण्डा बोकाएर प्रचण्डलाई स्खलित गर्ने काम त कतै भैरहेको छैन भन्नेमा आफूलाई चिन्ता लागेको बताए ।

उनले नयाँ सरकार गठनसँगै फेरि नेपाललाई एकपक्षीय भारतसँगको निर्भरतामा धकेलिन लागेको आशंका व्यक्त गरे । उनले आफ्नो पार्टी संविधानको कार्यान्वयन, समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने, संविधानको सर्वस्विकार्यताको लागि मधेशकेन्द्रित दलहरुको असन्तुष्ट माँगहरुलाई संशोधन मार्फत हल गर्ने, सन्तुलित अन्र्तराष्ट्रिय सम्बन्ध कायम गर्ने लगायतका महत्वपूर्ण विषयहरुमा जिम्मेवार भएर लाग्ने र सरकारलाई झकझकाउने काममा रचनात्मक भूमिका निर्वाह गर्ने दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका विकासका योजनाहरुलाई नयाँ बन्ने सरकारले निरन्तरता दिने वा नदिनेबारे आफ्नो पार्टीले नजिकबाट नियाँल्ने समेत उनको दाबी थियो ।

नेपालको राजनीतिक घट्नाक्रमलाई लिएर छिमेकी राष्ट्र चीनले जारी गरेको पछिल्लो विज्ञप्ती स्वभाविक रहेको ज्ञावलीको भनाई थियो । उनले भने,‘एउटा छिमेकी सरकार परिवर्तन भएपनि दुई देशवीचको सम्बन्धमा कुनै असर पर्दैन भन्छ, अर्को चाहीँ सरकार परिवर्तन भएसँगै दिपावली गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य