साउन १२, म्याग्दी । एक वर्षयता जिल्लामा तीनवटा लघुजलविद्युत् परियोजना निर्माण भएका छन् । 

जिल्लाको मल्कवाङ, मुदीको खिवाङ र रुमको पात्लेमा निर्माण भएको लघुजलविद्युत् परियोजनाबाट ७३.५ किलोवाट विद्युत् उत्पादन भई ४४९ घरधुरी लाभान्वित भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, म्याग्दी । एक वर्षयता जिल्लामा तीनवटा लघुजलविद्युत् परियोजना निर्माण भएका छन् । 

जिल्लाको मल्कवाङ, मुदीको खिवाङ र रुमको पात्लेमा निर्माण भएको लघुजलविद्युत् परियोजनाबाट ७३.५ किलोवाट विद्युत् उत्पादन भई ४४९ घरधुरी लाभान्वित भ"/>

२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा तीनवटा लघुजलविद्युत् परियोजना निर्माण

१२ श्रावण २०७३, बुधबार १०:४७

साउन १२, म्याग्दी । एक वर्षयता जिल्लामा तीनवटा लघुजलविद्युत् परियोजना निर्माण भएका छन् । 

जिल्लाको मल्कवाङ, मुदीको खिवाङ र रुमको पात्लेमा निर्माण भएको लघुजलविद्युत् परियोजनाबाट ७३.५ किलोवाट विद्युत् उत्पादन भई ४४९ घरधुरी लाभान्वित भएका छन् । परियोजना निर्माणका लागि दाता, स्थानीय निकाय र समुदायले रु चार करोड ८१ लख ६६ हजार लगानी गरेका छन् । 

रु दुई करोड २३ लाख ६५ हजारको लागतमा निर्माण भएको ४२ किलोवाट क्षमताको नन्दीवाङखोला परियोजनाबाट मल्कवाङ गाविसका १, २, ३, ४, ५ र ६ नम्बर वडाका २१२ घरधुरी लाभान्वित भएका छन् । मुदी गाविसको ६ र ७ नम्बर वडामा पर्ने खिवाङमा बेलायतको कल्याणकारी संस्था (कादुरी एग्रीकल्चर एण्ड एसोसियसन)को रु दुई करोड चार लाख ५९ हजार ७४६ सहयोगमा निर्माण भएको २० किलोवाट क्षमताको छहरीखोला परियोजनाबाट १२७ घरमा बिजुली बलेको छ । 

यस्तै रुम–७ मा रु ५३ लाख ४१ हजार लागतमा निर्माण भएको ११ दशमलव ५ किलोवाट क्षमताको छेरवाङ पात्लेखोला लघुजलविद्युत् परियोजनाबाट ११० घरधुरी लाभान्वित भएका छन् । रुम र मल्कवाङमा बिजुली बाल्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले क्षेत्रीय सेवा केन्द्र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रमार्फत अनुदान र प्राविधिक सहयोग गरेको थियो । 

धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रमार्फत कुइनेमङ्गले–१ मा २० किलोवाट क्षमताको मजुवा कुइनेखानी परियोजना निर्माणाधीन अवस्थामा छ । मुदी–९ मा १०.५ किलोवाटको रातोखोला बगर परियोजना निर्माण सुरु गर्ने तयारी भएको छ । 

शिखमा ३० किलोवाट क्षमताको घोस्तेखोर, ओखरबोटमा ३० किलोवाटको दिप्लीखोला र मुनामा २०० किलोवाटको दरखोला मिनी जलविद्युत् आयोजनाको विस्तृत सर्वेक्षण गरिएको छ । हाल निर्माणाधीन र सर्वेक्षण भएका सात वटा परियोजनाबाट ३०२.५ किलोवाट विद्युत् उत्पादन भई एक हजार ८१७ घरधुरी लाभान्वित हुने केन्द्रका सवइन्जिनियर दीपक थापाले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?