2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

तीन करोड लागतमा बन्यो सिँचाइ कुलो, ८१ हेक्टर सिँचाइ सुविधा विस्तार

भदौ ३०, भोजपुर । जिल्लाको टक्सारमा करिब रु तीन करोड लागतमा सिँचाइ कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाइ विस्तार भएको छ । विगत लामो समयदेखि खेती गर्नका लागि आकाशेपानीको भरमा बस्दै आएका यहाँका कृषकलाई सिँचाइ कुलो निर्माण भएपछि सहजता थपिएको छ ।

कुलो निर्माणका लागि रु दुई करोड ९६ लाख ८८ हजार लागत खर्च भएको सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरले जनाएको छ । एशियाली विकास बैंकको ८८ दशमलव तीन प्रतिशत र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपरको ११ दशमलव सात प्रतिशत लगानीमा नौ किलोमिटर लम्बाइको कुलो निर्माणको काम सम्पन्न भएको हो ।

“पैँयापानी, मालबाँसे राजकुलो सिँचाइ आयोजनाले भोजपुर नगरपालिका–१२ टक्सारका पँैयापानी पारपानी, एयरपोर्ट, मालबाँसे, कोटडाँडालगायत स्थानका १३७ घरपरिवारलाई प्रत्यक्ष लाभ पुगेको छ । धेरै सुक्खाग्रस्त क्षेत्र भए पनि यहाँ प्रशस्त मात्रामा धान तथा तरकारी उत्पादन हुने गर्दछ । सिँचाइका लागि सुविधा थपिएपछि कृषक निकै खुशी छन् । स्थानीय कृषक कल्पना भण्डारीले भन्नुभयो, “लामो समयदेखि हामीलाई खेती गर्न ठूलो समस्या थियो, अहिले कुलो सम्पन्न भएर सञ्चालनमा आएपछि यस वर्ष हामीले समयमै खेती गरेका छौँ, हामीलाई नगदेबाली लगाउनसमेत सहज भएको छ ।”

निर्माणका लागि जनश्रमदानवापत स्थानीयवासीले पनि योगदान गरेका छन् । कुलोलाई स्थानीयवासीले समय–समयमा सरसफाइ गर्दै आएका छन् । सिँचाइ विस्तार भएपछि धान तथा तरकारीबालीको समेत उत्पादन वृद्धि हुने उनीहरुको भनाइ छ । स्थानीय दिलबहादुर बानियाँले भन्नुभयो, “हाम्रो क्षेत्र कृषिका लागि निकै उर्वरभूमि हो, तर सिँचाइ नहुँदा असाध्यै समस्या थियो, यो कुलो बनेसँगै हामीमा उत्साह थपिएको छ, अब उत्पादन वृद्धि हुनेमा हामी आशावादी छौँ ।”

भोजपुर नगरपालिका–८ को अखुवा, घट्टेखोलाबाट बस्तीसम्म सिँचाइ कुलो ल्याइएको हो । कुलो निर्माण स्वामीनारायण निर्माण सेवाले गरेको हो । धेरै महत्व बोकेको कुलो रहेकाले कार्यालयले प्राथमिकताका साथ काम अगाडि बढाएर समयमै सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी केन्द्रकुमार लिम्बूले बताउनुभयो । सिँचाइको सुविधा पुगेसँगै टक्सारको तल्लो भेग अहिले हराभरा बनेको छ ।

गाउँपालिका अध्यक्षद्वारा एक लाखको अक्षयकोष

जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईले जन्मदिनको अवसरमा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । अध्यक्ष राईले ४७औँ जन्मदिनको अवसरमा लक्ष्मीसाल्पा आधारभूत विद्यालय च्याक्सिलामा रु ५० हजार र श्रृयाबाल विकास केन्द्र ढाडगाउँमा रु ५० हजार गरी रु एक लाख बराबरको ‘महेश राई’ अक्षयकोष स्थापना गर्नुभएको हो ।

गाउँपालिकाकाको दुर्गम गाउँमा स्थानीयवासीले चन्दा सङ्कलन गरी विद्यालय सञ्चालन गरेकाले उक्त विद्यालय सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो । अध्यक्ष राईले आफूले पाउँदै आएको भत्तावापतको रकम स्थानीय सङ्घसंस्था, विद्यालयलगायत गरिब तथा विपन्न बालबालिकालाई वितरण गर्दै आएको जानकारी दिनुभयो । अक्षयकोषबाट आउने ब्याजको रकमले विद्यालयमा अध्ययनरत गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने विद्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई