2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा हात्ती धपाउन घरेलु प्रविधिको बन्दुकको प्रयोग बढ्दै

असोज २, झापा । झापामा जङ्गली हात्ती धपाउन क्याल्सियम कार्बाइड प्रयोग गरेर पड्काइने घरेलु प्रविधिको बन्दुकको प्रयोग बढेको छ । गोली र बारुद प्रयोग नहुने यो प्रविधिको सस्तो र सजिलो बन्दुकले भयङ्कर आवाज मात्र निकाल्ने भएको हुँदा जङ्गली हात्तीको आतङ्क खेप्दै आएका स्थानीय समुदायमा यसको प्रयोग बढेको हो ।

भद्रपुर–२ का अनिल प्रधान र विर्तामोड–६ का रोहित लिम्बूले हात्ती धपाउने नयाँ प्रविधिको घरेलु बन्दुकको निर्माण गर्दै आउनुभएको छ । जिल्ला वन कार्यालय झापाले समेत यसको प्रयोग गर्दै आएको छ ।

युट्युबबाट विभिन्न प्राविधिक ज्ञान लिएर स्थानीयरूपमा उपलब्ध सामग्री प्रयोग गरी निर्माण गरिएको सो बन्दुकको आवाज सुनेर जङ्गली हात्ती डराएर भाग्ने बन्दुकका निर्माणकर्ता लिम्बूको दावी छ । प्लास्टिकको ठूलो आकारको पाइप, क्याल्सियम कार्बाइड, सुपरग्लु, फलामको काँटीलगायतका सामग्रीले निर्मित बन्दुकबाट निस्कने आवाजले हात्ती र बन्दुक पड्काउने व्यक्तिलाई शारीरिक क्षति नहुने जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।

बिहीवार वडाका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र पत्रकारहरुको उपस्थितिमा निर्माणकर्ता लिम्बूले बन्दुकको परीक्षण गरेर देखाउनुभयो । स्थानीय निचाझोडा जङ्गलबाट शेर्मा टोलमा पसेको हात्तीलाई सोही बन्दुक पड्काएर सफलतापूर्वक धपाइएको उहाँले जानकारी दिनुभयो ।

बन्दुकको निर्माणमा खासै धेरै खर्च नहुने निर्माताहरुको भनाइ छ । भद्रपुरका अनिल प्रधानले रु चार हजारमा एउटा बन्दुक बनाउन सकिने बताउनुभयो । विर्तामोडका लिम्बूले त्योभन्दा सस्तोमा निर्माण गर्न सकिने दावी गर्नुभयो ।

जिल्ला वन कार्यालय झापाले जङ्गली जनावर धपाउन यस्तो प्रविधिको बन्दुकको प्रयोग हुँदै आएको र हात्तीपीडित समुदायलाई यसको प्रयोगमा प्रोत्साहित गर्दै आएको कार्यालयका प्रमुख घिमिरेले बताउनुभयो । पश्चिम नेपालतिर बाँदर धपाउन धेरै पहिलेदेखि यस्तो प्रविधिको सफल प्रयोग हुँदै आएको उहाँको भनाइ छ ।

जङ्गली हात्तीको आतङ्क खेप्दै आएका भद्रपुर, हल्दिबारी, विर्तामोडलगायतका क्षेत्रमा हात्ती धपाउन कतिपय वडा कार्यालय र सामुदायिक वन कार्यालयले टोलहरुमा यस्तो बन्दुक बाँड्न थालेका छन् ।

झापामा भारतबाट आउने हुलका हुल जङ्गली हात्ती र स्थानीय वनमा डुलिरहने एक दर्जन रैथाने हात्तीले स्थानीयवासीलाई वर्षौं देखि प्रताडित गर्दै आएको छ । हात्ती धपाउन यसअघि टुङ, सुरुङ, हात्तीबार, मौरीपालन, सौर्य विद्युतीय घेराबेरा, ड्रोनलगायतका विभिन्न उपायको प्रयोग हुँदै आएको छ । तीमध्ये सौर्य विद्युतीय घेराबेरा सबैभन्दा प्रभावी सावित भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई