साउन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवरा राणाले राप्रपा नेपालले हिन्दू–गणतन्त्रलाइ स्विका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवरा राणाले राप्रपा नेपालले हिन्दू–गणतन्त्रलाइ स्विका"/>
२३ चैत्र २०८१, शनिबार
काठमाडौँ - KTM

नेपाललाई हिन्दू–गणतन्त्र बनाउनको लागि पार्टी एकता: अध्यक्ष राणा

१३ श्रावण २०७३, बिहीबार ०३:२३

साउन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवरा राणाले राप्रपा नेपालले हिन्दू–गणतन्त्रलाइ स्विकारेकोले पार्टी एकता हुने निश्चित भएको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने,‘राप्रपा नेपालसँगको पार्टी एकता हुन्छ, हिन्दू–गणतन्त्रलाई मुख्य एजेण्डा मानेर जाने सहमति भएको छ, बाँकी मुद्दा महाधिवेशनपछि टुँगो लगाउँछौं ।’

उनले आगामी चैत्रमा महाधिवेशन हुने र महाधिवेशनबाटै संघीयताको बारेमा सहमति गर्ने जनाए । उनले थपे,‘संघीयता र गणतन्त्रलाई राप्रपाले स्विकारिसकेको छ, पार्टी एकता हुँदापनि यसकै सेरोफेरोमा टेकेर समझदारी बनाएर अघि बढ्छौं ।’

राणाले दुई पार्टीवीचको एकता नेपाललाई हिन्दू–गणतन्त्र बनाउनका लागि भएको दाबी गरे । उनले भने,‘अब नेपाल छिट्टै हिन्दूराष्ट्र हुन्छ ।’

उनले भने,‘पार्टी एकतापछि कस्तो नीति लिनेबारे अहिले छलफल भैरहेको छ, कतिपय असहमतिका बुँदाहरुमा हामी महाधिवेशनबाट टुँगोमा पुग्छौं ।’उनले अब हुने पार्टी एकता कहिल्यै नफुट्नेगरि हुने एकता हुने समेत दाबी गरे । पार्टी एकतापछि चुनाव चिन्ह समेत हलो हुने उनको विश्वास थियो । 

उनले राप्रपा नेपालले आगामी आईतबार पार्टी एकता गर्ने भनिरहेपनि पार्टी एकताको मिति तय भैनसकेको दाबी गरे । उनले पार्टी एकतापछि आफू राष्ट्रिय अध्यक्ष बन्ने र कमल थापालाई अध्यक्ष बनाउने र पार्टीभित्रका अन्य पदाधिकारी चयन गर्नेवारे सहमति भएको बताए ।

‘प्रचण्डलाई दुवै पार्टी एक भएर मतदान गर्छौं’

अध्यक्ष राणाले काँग्रेस–माओवादी केन्द्रवीच बनेको नयाँ गठबन्धनलाई आफ्नो पार्टीले समर्थन गर्ने उल्लेख गर्दै सरकारमा सहभागी हुने वा नहुनेवारे अहिले छलफल भैरहेको स्पष्ट पारे । उनले थपे,‘सरकारमा जाने वा नजानेवारे अहिले छलफल जारी छ, सम्भवतः दुवै पार्टी छलफल गरेर हामी एउटै निश्कर्षमा पुग्छौं ।’ उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मतदान गर्ने विषयमा दुवै पार्टी एक हुने विश्वास व्यक्त गरे ।

केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई राहत महशुस हुने खालका कुनै ठोस काम नगरेको, मधेशको मुद्दालाई हल नगरेको, संविधान कार्यान्वयन धिमा गतिमा अघि बढेको र पछिल्लो समय संसदबाट आर्थिक विधेयक असफल भएकाले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको स्पष्ट पारे । उनले अघि थपे,‘स्भाविक रुपमा अब ओलीजीको विरुद्धमा उभिएकाले अब बन्ने प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गर्छौं ।’

पछिल्लो समय नेपालको राजनीतिमा चीनीयाँ कार्ड प्रयोग भैरहेको छ अरे नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने,‘तासको पत्ताजस्तो तुरुप प्रयोग गर्नुहुँदैन, नेपालको पराष्ट्र नीति एउटै छ, हामी दुई छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ? सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ: मन्त्री खड्का